Proverbs 23:29-34 in Nepali

Proverbs 23:29
कसको दयनीयता छ? कसको दुःख छ? को कष्टमा डुबेकोछ? को झगडा टंटामा फँसेकोछ? बिना कारण कसले चोट पाएको छ? कसको आँखा राता भएका छन्?

Proverbs 23:30
तिनीहरू ती हुन् जो रात दिन दाखरसको सेवनमा बिताउछन अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्।

Proverbs 23:31
दाखरसद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा सम्मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ।

Proverbs 23:32
तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ।

Proverbs 23:33
तिमीले विचित्र चीजहरू देख्ने छौ। भ्रान्त विचार, तिम्रो मनमा कूद्ने छन्।

Proverbs 23:34
तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ।

Nepali Bible