John 18:20 येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसंग खुल्लम-खुल्ला बोलेको छु। मैले संधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।
John 18:20 in Other Translations
King James Version (KJV) Jesus answered him, I spake openly to the world; I ever taught in the synagogue, and in the temple, whither the Jews always resort; and in secret have I said nothing.
American Standard Version (ASV) Jesus answered him, I have spoken openly to the world; I ever taught in synagogues, and in the temple, where all the Jews come together; and in secret spake I nothing.
Bible in Basic English (BBE) Jesus made answer, I said things openly to the world at all times; I have given my teaching in the Synagogues and in the Temple to which all the Jews come; and I have said nothing secretly.
Darby English Bible (DBY) Jesus answered him, I spoke openly to the world; I taught always in [the] synagogue and in the temple, where all the Jews come together, and in secret I have spoken nothing.
World English Bible (WEB) Jesus answered him, "I spoke openly to the world. I always taught in synagogues, and in the temple, where the Jews always meet. I said nothing in secret.
Young's Literal Translation (YLT) Jesus answered him, `I spake freely to the world, I did always teach in a synagogue, and in the temple, where the Jews do always come together; and in secret I spake nothing;
answered
ἀπεκρίθη
apokrinomai
ah-poh-KREE-noh-may
him,
αὐτῷ
autos
af-TOSE
ὁ
ho
oh
Jesus
Ἰησοῦς
iēsous
ee-ay-SOOS
I
Ἐγὼ
egō
ay-GOH
openly
παῤῥησίᾳ
parrhēsia
pahr-ray-SEE-ah
spake
ἐλάλησα
laleō
la-LAY-oh
the
τῷ
ho
oh
to world;
κόσμῳ
kosmos
KOH-smose
I
ἐγὼ
egō
ay-GOH
ever
πάντοτε
pantote
PAHN-toh-tay
taught
ἐδίδαξα
didaskō
thee-THA-skoh
in
ἐν
en
ane
the
τῇ
ho
oh
synagogue,
συναγωγῇ
synagōgē
syoon-ah-goh-GAY
and
καὶ
kai
kay
in
ἐν
en
ane
the
τῷ
ho
oh
temple,
ἱερῷ
hieron
ee-ay-RONE
whither
ὅπου
hopou
OH-poo
always
πάντοτε
pantote
PAHN-toh-tay
the
οἱ
ho
oh
Jews
Ἰουδαῖοι
ioudaios
ee-oo-THAY-ose
resort;
συνέρχονται
synerchomai
syoon-ARE-hoh-may
and
καὶ
kai
kay
in
ἐν
en
ane
secret
κρυπτῷ
kryptos
kryoo-PTOSE
have I said
ελάλησα
laleō
la-LAY-oh
nothing.
οὐδέν
oudeis
oo-THEES
Read Full Chapter :
John 18
Cross Reference
यूहन्ना 7:26
हेर, तिनी खुल्लम खुल्ला शिक्षा दिइरहेका छन्। यद्यपि कसैले उहाँलाई शिक्षा दिन रोक्ने चेष्टा गरिरहेका छैनन्। के अग्रजहरूले उनी नै ख्रीष्ट हुन भन्ने निर्णय गरे?
यशैया 48:16
यहाँ आऊ र मलाई ध्यान दिएर सुन्। म त्यहाँ थिएँ जब बाबेल एक राष्ट्र सरह भएको थियो अनि आदिदेखि नै, मैले स्पष्ट रूपले बोले, यसकारण ती मानिसहरूले जान्न सकोस मैले के भनें।”त्यस पछि यशैयाले भने, “अहिले परमप्रभु मेरो मालिकले मलाई पठाउनु हुन्छ अनि उहाँको आत्माले यी कुराहरू भन्नु हुन्छ।
मत्ती 4:23
येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।
यशैया 45:19
“म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाइँन। मैले याकूबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ। म परमप्रभु हुँ, अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्।”
मत्ती 26:55
तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ।
यूहन्ना 7:4
यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।”
लूका 4:15
उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।
लूका 19:45
येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेद्नु भयो।
लूका 20:1
एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए।
लूका 21:37
येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतुन भन्ने पाहाडमा बिताउनु भयो।
यूहन्ना 7:14
त्यो पर्व आधा जस्तो सिद्धिन थालेको थियो। तब येशू मन्दिरको प्राङ्गाणमा जानुभयो अनि मानिसहरूलाई सिकाउन शुरू गर्नुभयो
भजनसंग्रह 22:22
हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु। महासभामा म तपाईंको प्रशंसा गाउनें छु।
यूहन्ना 8:2
बिहानै येशू मन्दिर तर्फ र्फकनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बस्नु भयो र तिनीहरूलाई सिकाउनु भयो।
यूहन्ना 8:26
तिमीहरूका विषयमा मलाई धेरै कुराहरू भन्नु छ। तिमीहरूलाई म न्याय गर्न सक्थें, तर उहाँ एक जसले मलाई पठाउनु भयो सत्य उहाँ नै हुनुहुन्छ। उहाँबाट जे कुरा मैले सुने ती कुराहरू बोल्छु।”
यूहन्ना 10:23
येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो।
प्रेरित 26:26
राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसंग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन।
यूहन्ना 7:28
येशूले मन्दिरको प्राङ्गाणमा शिक्षा दिइरहनु भएको थियो। येशूले ठूलो स्वरमा भन्नुभयो, “हो, तिमीहरू म को हुँ र कहाँबाट आएको हो भनेर जान्दछौ। तर म आफ्नै अधिकारबाट आएको भने होइन। मलाई कसैले पठाएका हो जो सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई जान्दैनौ।
भजनसंग्रह 40:9
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ। अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
मत्ती 9:35
येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।
मत्ती 21:23
येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”
मत्ती 24:26
“कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर।
मत्ती 26:65
प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ।