Zechariah 8:8 म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।
Zechariah 8:8 in Other Translations
King James Version (KJV) And I will bring them, and they shall dwell in the midst of Jerusalem: and they shall be my people, and I will be their God, in truth and in righteousness.
American Standard Version (ASV) and I will bring them, and they shall dwell in the midst of Jerusalem; and they shall be my people, and I will be their God, in truth and in righteousness.
Bible in Basic English (BBE) And I will make them come and be living in Jerusalem and they will be to me a people and I will be to them a God, in good faith and in righteousness.
Darby English Bible (DBY) and I will bring them, and they shall dwell in the midst of Jerusalem; and they shall be my people, and I will be their God, in truth and in righteousness.
World English Bible (WEB) and I will bring them, and they will dwell in the midst of Jerusalem; and they will be my people, and I will be their God, in truth and in righteousness."
Young's Literal Translation (YLT) And I have brought them in, They have dwelt in the midst of Jerusalem, And they have been to Me for a people, And I am to them for God, In truth and in righteousness.
Read Full Chapter :
Zechariah 8
Cross Reference
यर्मिया 4:2
‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
इजकिएल 36:28
त्यसपछि तिमी त्यो देशमा बस्ने छौ जुन मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तिमीहरू मेरो प्रजा हुनेछौ अनि म तिमीहरू परमेश्वर हुनेछु।”
इजकिएल 11:20
तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।”‘
यर्मिया 31:33
“म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।
इजकिएल 37:25
तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ।
जकरिया 13:9
त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन् परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।”‘
यर्मिया 32:41
तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।”‘
इजकिएल 37:27
मेरो पवित्र पाल त्यहाँ उनीहरूको बीच हुन्छ। हो, म तिनीहरूको परमेश्वर अनि उनीहरू मेरो मानिसहरू हुनेछन्।
होशे 2:19
अनि म (परमेश्वर) तिमीलाई सधैंको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु।
योएल 3:20
यहूदाका मानिसहरु सदा-सर्वदा रहनेछन् अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।
आमोस 9:14
मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरुले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरु ती शहरमा बस्नेछन्। उनीहरुले दाखबारीहरु लाउनेछन् अनि तिनीहरुले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरुले बगैंचाहरु रोप्नेछन् अनि त्यसबाट फलेको फलहरु खानेछन्।
ओबदिया 1:17
तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्। र सियोन पवित्र हुनेछ। याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ जुन त्यसको थियो।
लेवी 26:12
म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।
जकरिया 2:11
त्यससमय धेरै जातिका मानिसहरु परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरु मेरा मानिस हुनेछन्। म तिमीहरुको बीचमा बस्नेछु। अनि तिमीहरुले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरुकहाँ पठाउनु भएको हो।”
जकरिया 10:10
म तिनीहरूलाई मिश्र र अश्शूरबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई गिलाद र लबानोनको इलाकामा ल्याउनेछु किनभने त्यहाँ प्रशस्त ठाउँ हुनेछैन।”
2 कोरिन्थी 6:16
परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छः“म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिंड्छु म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”
प्रकाश 21:3
मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरुसंग छ.। उनी तिनीहरुसंग रहेनछन्। तिनीहरु उनका मानिसहरु हुनेछन्। परमेश्वर स्वयं तिनीहरुसित हुनेछन् अनि तिनीहरुका परमेश्वर बन्नेछन्।
प्रकाश 21:7
कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि उ मेरो छोरो हुनेछ।
सपन्याह 3:14
हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।
यर्मिया 3:17
त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।
यर्मिया 23:8
तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”
यर्मिया 30:22
तिमीहरू मेरो प्रजा हुनेछौ। अनि म तिमीहरूका परमेश्वर हुनेछु।”
यर्मिया 31:1
परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”
यर्मिया 32:38
तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु।