Micah 3:11 यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
Micah 3:11 in Other Translations
King James Version (KJV) The heads thereof judge for reward, and the priests thereof teach for hire, and the prophets thereof divine for money: yet will they lean upon the LORD, and say, Is not the LORD among us? none evil can come upon us.
American Standard Version (ASV) The heads thereof judge for reward, and the priests thereof teach for hire, and the prophets thereof divine for money: yet they lean upon Jehovah, and say, Is not Jehovah in the midst of us? no evil shall come upon us.
Bible in Basic English (BBE) Its heads take rewards for judging, and the priests take payment for teaching, and the prophets get silver for reading the future: but still, supporting themselves on the Lord, they say, Is not the Lord among us? no evil will overtake us.
Darby English Bible (DBY) The heads thereof judge for reward, and the priests thereof teach for hire, and the prophets thereof divine for money; yet do they lean upon Jehovah, and say, Is not Jehovah in the midst of us? no evil shall come upon us.
World English Bible (WEB) Her leaders judge for bribes, And her priests teach for a price, And her prophets of it tell forturnes for money: Yet they lean on Yahweh, and say, Isn't Yahweh in the midst of us? No disaster will come on us.
Young's Literal Translation (YLT) Her heads for a bribe do judge, And her priests for hire do teach, And her prophets for silver divine, And on Jehovah they lean, saying, `Is not Jehovah in our midst? Evil doth not come in upon us.'
Read Full Chapter :
Micah 3
Cross Reference
यशैया 1:23
तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”
यर्मिया 6:13
“इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।
मीका 3:5
परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए । ‘यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने, ‘तिमीहरुलाई शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरूद्ध सेनाहरु भड्काउँछन्।
यर्मिया 7:4
कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”
यशैया 48:2
हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।
1 शमूएल 12:3
अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”
1 पत्रुस 5:2
जुन ती मानिसहरुको तिमीहरु जिम्मावारी छौ, तिनीहरुको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरु परमेश्वरका बथान हुन्। ती मानिसहरुको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरु सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरु पैसाका निम्ति लोभी छौ।
मीका 7:3
मानिसहरुको दुवै हातहरु नराम्रो काम गर्न तयार छन्। शसकहरु काम गर्नलाई घुस माग्छन्। न्यायकर्ताले पैसा लिएर न्यायलयमा फैसला बद्लि गर्छन्। “मुख्य अगुवाहरु” साँचो र निष्पक्ष निर्णय लिंदैनन्। तिनीहरु आफुलाई जस्तो मनपर्छ, त्यस्तै काम गर्छन्।
तीतस 1:11
तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।
2 पत्रुस 2:14
हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।
यहूदा 1:11
यो तिनीहरुका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरुले कयिन हिँडेको मार्ग अनुसरण गरेका छन्। धन कमाउन तिनीहरु बालाम हिँडेको बाटोमा हिडिरहेका छन्। तिनीहरु परमेश्वरको विरोधमा कोरह झैं लडछन्। यसर्थ कोरह झैं तिनीहरु पनि सडनेछन्।
प्रेरित 8:18
प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै।
गन्ती 16:15
यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”
1 शमूएल 8:3
तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे।
यशैया 56:11
तिनीहरू भोको कुकुरहरू जस्ता छन्। तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्। गोठालाहरूले जान्दैनन तिनीहरू के गरिरहेछन्। तिनीहरूले आफ्ना भेंडाहरू मन पराउँछन् जो भडकिएर टाढा गएकाछन्। तिनीहरू लोभी छन्। तिनीहरू सबै जना आफूलाई सन्तुष्ट पार्न चाहन्छन्।
यर्मिया 8:10
यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।
होशे 4:18
“एप्रैम जँडियाहरूको दलमा सामेल भयो। तिनीहरूलाई वेश्यावृति गर्नु दिऊँ। तिनीहरू लाजमर्दो रक्षाकहरूलाई रूचाउँछन्।
आमोस 9:10
मेरा मानिसहरु मध्येका पापीहरु तरवारले मारिन्छन्। तिनीहरुले भन्दैछन्, ‘हामीमा नराम्रो आउनेछैन।’ अथवा हामीलाई जित्ने छैनन्।”
1 तिमोथी 3:3
उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन।
2 पत्रुस 2:1
विगत समयमा झूटा अगमवक्ताहरु परमेश्वरका मानिसहरुको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरु तिमीहरुको समूहमा रहन्छन्। तिनीहरुले झूटा शिक्षाहरु दिन्छन्, ती शिक्षाहरुले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरुले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरुकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरु स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।
1 शमूएल 4:3
बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”
रोमी 2:17
तिमी को हौ? तिमी आफैले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ।
मत्ती 3:9
अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।
मलाकी 1:10
“साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकारगर्नेछैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
सपन्याह 3:3
यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।
इजकिएल 22:27
“‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
इजकिएल 22:12
“‘यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
यर्मिया 7:8
“‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।