Jeremiah 49:39 “तर पछिल्ला दिनमा, एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।” यो परमप्रभुले भन्नुभयो।
Jeremiah 49:39 in Other Translations
King James Version (KJV) But it shall come to pass in the latter days, that I will bring again the captivity of Elam, saith the LORD.
American Standard Version (ASV) But it shall come to pass in the latter days, that I will bring back the captivity of Elam, saith Jehovah.
Bible in Basic English (BBE) But it will come about that, in the last days, I will let the fate of Elam be changed, says the Lord.
Darby English Bible (DBY) But it shall come to pass at the end of the days, I will turn the captivity of Elam, saith Jehovah.
World English Bible (WEB) But it shall happen in the latter days, that I will bring back the captivity of Elam, says Yahweh.
Young's Literal Translation (YLT) And it hath come to pass, in the latter end of the days, I turn back `to' the captivity of Elam, An affirmation of Jehovah!'
Read Full Chapter :
Jeremiah 49
Cross Reference
यर्मिया 48:47
“तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो।यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।
यशैया 2:2
अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।
यर्मिया 49:6
“त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।
इजकिएल 16:53
परमेश्वरले भन्नुभयो, “मैले सदोम अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारिदिएँ। मैले सामरिया अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारें। यरूशलेम म तिमीलाई नष्ट पार्नेछु। तर म ती शहरहरू फेरि बनाउँनेछु। यरूशलेम म तिमीलाई फेरि बनाउँनेछु।
इजकिएल 29:14
म मिश्रलाई कैदबाट फर्काएर ल्याउँछु। म मिश्रका मानिसहरूलाई पत्रोस देशमा जहाँबाट उत्पन्न भएका थिए फेरि त्यहाँ ल्याउँछु। तर तिनीहरूको राज्य महत्वपूर्ण हुनेछैन।
इजकिएल 38:16
तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने र्गजिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।”‘
अय्यूब 42:10
अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो।
दानियल 2:28
तर स्वर्गमा एउटा यस्तो परमेश्वर हुनुहुन्छ, जसले गुप्त रहस्यहरू बताउँन सक्नुहुन्छ। परमेश्वरले राजा नबूकदनेस्सरलाई अब के हुनेवाला छ यो दर्शाउनको लागि सपना देखाई दिनुभयो। आफ्नो ओछ्यानमा सुतेर तपाईंले सपनामा जे कुराहरू देख्नुभयो, त्यो यो हो।
दानियल 10:14
म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।’
होशे 3:5
त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।
आमोस 9:14
मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरुले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरु ती शहरमा बस्नेछन्। उनीहरुले दाखबारीहरु लाउनेछन् अनि तिनीहरुले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरुले बगैंचाहरु रोप्नेछन् अनि त्यसबाट फलेको फलहरु खानेछन्।
मीका 4:1
अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।
इजकिएल 39:25
यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु।