2 Chronicles 32:19 ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरू द्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।
2 Chronicles 32:19 in Other Translations
King James Version (KJV) And they spake against the God of Jerusalem, as against the gods of the people of the earth, which were the work of the hands of man.
American Standard Version (ASV) And they spake of the God of Jerusalem, as of the gods of the peoples of the earth, which are the work of men's hands.
Bible in Basic English (BBE) Talking of the God of Jerusalem as if he was like the gods of the peoples of the earth, the work of men's hands.
Darby English Bible (DBY) And they spoke of the God of Jerusalem as of the gods of the peoples of the earth, the work of man's hand.
Webster's Bible (WBT) And they spoke against the God of Jerusalem, as against the gods of the people of the earth, the work of the hands of man.
World English Bible (WEB) They spoke of the God of Jerusalem, as of the gods of the peoples of the earth, which are the work of men's hands.
Young's Literal Translation (YLT) and they speak against the God of Jerusalem as against the gods of the peoples of the land -- work of the hands of man.
Read Full Chapter :
2 Chronicles 32
Cross Reference
2 राजा 19:18
तिनीहरूले ती राष्ट्रहरूका देवताहरूलाई आगोमा फ्याँके। तर ती साँच्चैका देवताहरू थिएनन्। ती केवल काठ र ढुंङ्गाका मूर्तिहरू थिए। जसलाई मानिसहरूले बनाएका थिए। त्यसै कारणले गर्दा अश्शूरका राजाहरूले तिनीहरूलाई खत्तम पार्न सके।
यशैया 2:8
तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्।
1 शमूएल 17:36
मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ।
2 इतिहास 6:6
तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’
2 इतिहास 32:13
निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्।
अय्यूब 15:25
किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।
भजनसंग्रह 10:13
किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्? किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न।
भजनसंग्रह 73:8
तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैं नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
भजनसंग्रह 76:1
यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्। इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।
भजनसंग्रह 78:68
अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
भजनसंग्रह 87:1
परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
भजनसंग्रह 115:4
ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्। तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
भजनसंग्रह 132:13
परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
व्यवस्था 4:28
त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्।
भजनसंग्रह 139:19
हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्। त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्।
यशैया 14:32
त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई के भन्ने छन? तिनीहरूले घोषणा गर्नेछन्, पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु हुने छ। अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षित गए।
यशैया 37:19
अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके।
यशैया 44:16
मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउञ्जेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्नु सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।”
यर्मिया 1:16
अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको उद्घोषणा गर्नेछु। म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।
यर्मिया 10:3
अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्। तिनीहरू जंगलमा रूख काट्छन् शिल्पीकारले आफ्नो बञ्चरोले आकारमा बनाँउछ।
यर्मिया 10:9
तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी अनि उपज देशबाट सुन ल्याउछन्। मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन् र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्। निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्।
यर्मिया 32:30
मैले इस्राएलका र यहूदाका मानिसहरूलाई नियालेकोछु। प्रत्येक कुरा जे तिनीहरूले गरेकाछन् त्यो पाप हो। तिनीहरूले बालक अवस्थामा हुँदैदेखि पाप कामहरू गरेकाछन्। इस्राएलका मानिसहरूले मलाई अति रीस उठाएका छन्। तिनीहरूले मलाई रीस उठाए किनभने तिनीहरूले आफ्नै हात द्वारा बनाएको मूर्तिहरू पूज्ने गर्छन्।” यो परमप्रभुबाट आएको सन्देश हो।
होशे 8:5
ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्?
हिब्रू 12:22
तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
भजनसंग्रह 135:15
अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए। तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
व्यवस्था 27:15
‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’