Bible

Revelation 15 in Nepali

1 तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरु थिए। ती अन्तिम विपत्तीहरु थिए। किनभने यी विपत्तीहरु पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।

2 मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरु जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरुमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरुसित वीणा थियो जो परमेश्वरले दिएका थिए।

3 तिनीहरुले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए।“परमप्रभु-परमेश्वर, सर्वशक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरुका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।

4 हे परमप्रभु, समस्त मानिसहरु तपाईंसित भयभीत हुनेछन्। सबै मानिसहरुले तपाईंको नाउँको स्तुति गर्नेछन्। किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ। सम्पूर्ण मानिसहरु आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्, किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”

5 तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो।

6 अनि सात विपत्तीहरु ल्याउने स्वर्गदूतहरु मन्दिर बाहिर आए। तिनीहरुले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरुले आफ्नो छाती सुनौंला पट्टीले बाँधेका थिए।

7 तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरुलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरु सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्।

8 मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरु पुरा नहुञ्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।

Revelation 15 Verses

Nepali Bible