Psalm 146 - BBE (Nepali)
1 Let the Lord be praised. Give praise to the Lord, O my soul.परमप्रभुको प्रशंसा गरौं! मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
2 While I have breath I will give praise to the Lord: I will make melody to my God while I have my being.जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
3 Put not your faith in rulers, or in the son of man, in whom there is no salvation.साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर। किन? किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
4 Man's breath goes out, he is turned back again to dust; in that day all his purposes come to an end.मानिसहरू मर्दछन् र गाडिन्छन्! अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
5 Happy is the man who has the God of Jacob for his help, whose hope is in the Lord his God:तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
6 Who made heaven and earth, the sea, and all things in them; who keeps faith for ever:परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ।
7 Who gives their rights to those who are crushed down; and gives food to those who are in need of it: the Lord makes the prisoners free;दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ। परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो। कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
8 The Lord makes open the eyes of the blind; the Lord is the lifter up of those who are bent down; the Lord is a lover of the upright;परमप्रभुले अंन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
9 The Lord takes care of those who are in a strange land; he gives help to the widow and to the child who has no father; but he sends destruction on the way of sinners.परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। परमप्रभुले विधुवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 The Lord will be King for ever; your God, O Zion, will be King through all generations. Praise be to the Lord.परमप्रभुले सधैंको निम्ति राज्य गर्नुहुनेछ हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ। परमप्रभुको प्रशंसा गरौं।
Nepali Bible