James 2:13 यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।
James 2:13 in Other Translations
King James Version (KJV) For he shall have judgment without mercy, that hath shewed no mercy; and mercy rejoiceth against judgment.
American Standard Version (ASV) For judgment `is' without mercy to him that hath showed no mercy: mercy glorieth against judgment.
Bible in Basic English (BBE) For the man who has had no mercy will be judged without mercy, but mercy takes pride in overcoming judging.
Darby English Bible (DBY) for judgment [will be] without mercy to him that has shewn no mercy. Mercy glories over judgment.
World English Bible (WEB) For judgment is without mercy to him who has shown no mercy. Mercy triumphs over judgment.
Young's Literal Translation (YLT) for the judgment without kindness `is' to him not having done kindness, and exult doth kindness over judgment.
ἡ
ho
oh
For
γὰρ
gar
gahr
shall have judgment
κρίσις
krisis
KREE-sees
without mercy,
ἀνίλεως
anileōs
ah-NEE-lay-ose
τῷ
ho
oh
no
μὴ
mē
may
he that hath shewed
ποιήσαντι
poieō
poo-A-oh
mercy;
ἔλεος·
eleos
A-lay-ose
and
καὶ
kai
kay
rejoiceth against
κατακαυχᾶται
katakauchaomai
ka-ta-kaf-HA-oh-may
mercy
ἔλεος
eleos
A-lay-ose
judgment.
κρίσεως
krisis
KREE-sees
Read Full Chapter :
James 2
Cross Reference
मत्ती 6:15
यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।
मत्ती 5:7
धन्य अरू प्रति दया देखाउनेहरू किनभने तिनीहरूले दया पाउनेछन्।
हितोपदेश 21:13
यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
मत्ती 18:28
“केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठयाएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’
लूका 6:37
अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई र्भत्सना नगर, अनि अरूले पनि तिम्रो र्भत्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ।
मत्ती 25:41
“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।
भजनसंग्रह 18:25
हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्। यदि कुनै मानिस तपाईं प्रति साँचो छ भने तपाईं पनि ऊ प्रति साँचो हुनुहुनेछ।
मीका 7:18
तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।
मत्ती 7:1
“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन।
एफिसी 2:4
तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।
1 यूहन्ना 4:8
मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
अय्यूब 22:6
हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।
भजनसंग्रह 85:10
परमेश्वरको साँचो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्। धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
यर्मिया 9:24
तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”
यशैया 27:11
दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।
न्यायकर्ता 1:7
तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।
उत्पत्ति 42:21
“तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”
लूका 16:25
तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।
याकूब 5:4
मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरुलाई ज्याला दिएनौ। ती मानिसहरु तिमीहरुको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।
1 यूहन्ना 4:18
जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।
एफिसी 1:6
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
इजकिएल 33:11
“तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिन, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’