Amos 2:11 मैले तिमीहरुका कतिपय नानीहरुलाई अगमबक्ताहरु बनाएँ। अनि मैले कतिपय युवकहरुलाई नाजिरीहरु बानाएँ। हे इस्राएलीहरु हो! के योकुरा सत्य होइन?परमप्रभु भन्नुहुन्छ।
Amos 2:11 in Other Translations
King James Version (KJV) And I raised up of your sons for prophets, and of your young men for Nazarites. Is it not even thus, O ye children of Israel? saith the LORD.
American Standard Version (ASV) And I raised up of your sons for prophets, and of your young men for Nazirites. Is it not even thus, O ye children of Israel? saith Jehovah.
Bible in Basic English (BBE) And some of your sons I made prophets, and some of your young men I made separate for myself. Is it not even so, O children of Israel? says the Lord.
Darby English Bible (DBY) And I raised up of your sons for prophets, and of your young men for Nazarites. Is it not even thus, ye children of Israel? saith Jehovah.
World English Bible (WEB) I raised up some of your sons for prophets, And some of your young men for Nazirites. Isn't this true, You children of Israel?" says Yahweh.
Young's Literal Translation (YLT) And I raise of your sons for prophets, And of your choice ones for Nazarites, Is not this true, O sons of Israel? An affirmation of Jehovah.
Read Full Chapter :
Amos 2
Cross Reference
गन्ती 6:2
“यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने।
न्यायकर्ता 13:4
कुनै दाखरस वा अरू कुनै कड पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्धछ।
यर्मिया 7:25
तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए।
1 राजा 17:1
एलिया तिश्बी गिलाद शहरको अगमवक्ता थिए। एलियाले राजा आहाबलाई भने, “म इस्राएलका परमप्रभु परमेश्वरको सेवा गर्छु। साँच्चै नै परमप्रभु जीवित रहनु भए जस्तैं, म प्रतिज्ञा गर्छु आउँदो केही वर्ष न ता पानी पर्छ न शीत नै पर्छ। जब म आदेश दिन्छु तब मात्र पानी पर्नेछ।”
1 राजा 18:4
एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए।
1 राजा 19:16
तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।
1 राजा 20:13
त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।”‘
1 राजा 20:35
एक जना अगमवक्ताले अर्का अगमवक्ताहरूलाई भने, “म माथि प्रहार गर!” उनले भने परमप्रभुले यसो गर्न भनी आदेश दिनुभएको थियो। तर अर्को अगमवक्ताले उनी माथि प्रहार गर्न मानेनन्।
1 राजा 20:41
तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए।
1 राजा 22:8
इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।”यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”
2 राजा 2:2
एलियाले एलीशालाई भने, “कृपया यही पर्ख, किनभने परमप्रभुले मलाई बेतेल जानु भन्नु भएको छ।”तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बेतेलतिर गए।
2 राजा 6:1
अगमवक्ताहरूको दलले एलीशालाई भने, “हामी त्यस ठाउँमा बसिरहेका छौं। तर हाम्रोनिम्ति ठाउँ साह्रै सानो भयो।
2 राजा 17:13
परमप्रभुले प्रत्येक अगमवक्ता र दर्शीलाई प्रयोग गरेर इस्राएल र यहूदालाई चेताउनी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक अगमवक्ताहरूलाई काममा लगाएँ।”
2 इतिहास 36:15
परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखित हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो।
यशैया 5:3
यसकारण परमेश्वरले भन्नुभयोः “यरूशलेममा बस्ने मानिसहरू अनि यहूदाका मानिसहरू, म अनि मेरो दाखबारीको विषयमा सोच।
यशैया 30:10
तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर।”
यर्मिया 2:5
परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो “तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए ताकि तिनीहरूले मलाई छाडिदिए? तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
व्यवस्था 18:18
म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।
यर्मिया 11:21
यसकारण अनातोतका मानिसहरूको विषयमा जसले यर्मियालाई मार्ने षड्यन्त्र रचिरहेका थिए। ती मानिसहरूले यर्मियालाई भने, “परमप्रभुको नाउँमा अगमवाणी नगर नत्र हामी तिमीलाई मार्नेछौ।” तिनीहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ।
यर्मिया 26:11
त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
विलाप 4:7
यहूदका कतिपय मानिसहरूले विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे। ती मानिसहरू अति पवित्र थिए। तिनीहरू हिँऊँभन्दा पनि सफा र दुध भन्दा पनि सेता थिए। तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए। तिनीहरूका दाह्री नीलमणि ढुंङ्गा जस्तै थिए।
आमोस 7:12
अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहुदा तर्फ दक्षिण तर्फ दुगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ।
मीका 2:6
मानिसहरु भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ, उनीहरुले यस्तो गर्नु हुँदैन थियो, हामीमाथि कुनै पनि नराम्रा कुराहरु आईपर्ने छैनन्।”
मीका 6:3
परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरु! के मैले कुनै दिन तिमीहरुलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिँए? मलाई भन! मैले तिमीहरुलाई के गरें?
मत्ती 21:34
केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।
लूका 1:3
हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले
प्रेरित 4:18
यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे।
प्रेरित 5:28
उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”
प्रेरित 7:51
तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।
1 थिस्सलोनिकी 2:15
ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्।
2 पत्रुस 1:20
तिमीहरुले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणीकुनै अगमवक्तको व्याख्याबाट आएको होइन।
यर्मिया 2:31
यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
1 शमूएल 3:20
त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए।
1 शमूएल 19:20
शाऊलले दाऊदलाई पक्रिन मानिस पठाए। तर त्यस डेरामा मानिसहरूले अगमवक्तहरू अगमवाणी गरिरहेका देखे। त्यस दलको माझमा उभिएर शमूएलले नेतृत्व दिंदै थिए। परमेश्वरको आत्मा शाऊलका दूतहरूमा उत्रियो र तिनीहरूले पनि अगमवाणी गर्नथाले।