Matthew 8:6 अधिकारीले भने, ‘हे प्रभु! मेरो नोकर पक्षवातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।’
Matthew 8:6 in Other Translations
King James Version (KJV) And saying, Lord, my servant lieth at home sick of the palsy, grievously tormented.
American Standard Version (ASV) and saying, Lord, my servant lieth in the house sick of the palsy, grievously tormented.
Bible in Basic English (BBE) Saying, Lord, my servant is ill in bed at the house, with no power in his body, and in great pain.
Darby English Bible (DBY) and saying, Lord, my servant lies paralytic in the house, suffering grievously.
World English Bible (WEB) and saying, "Lord, my servant lies in the house paralyzed, grievously tormented."
Young's Literal Translation (YLT) and saying, `Sir, my young man hath been laid in the house a paralytic, fearfully afflicted,'
Cross Reference
Matthew 4:24
उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।
Matthew 9:2
केही मानिसहरू एकजना पक्षवाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षवातीको रोगीलाई भन्नुभयो, ‘सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।’
Mark 2:3
केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए।
Acts 8:7
धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए।
Acts 9:33
लिड्डामा तिनको एकजना आठ र्वष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससंग भेट भयो। एनियास आफ्नो विछ्योैनाबाट चल्न सक्तैन थियो
Job 31:13
मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,
Colossians 3:11
यस नयाँ जीवनमा ग्रीक र यहूदीहरू बीच कुनै भिन्नता छैन। खतना गरेका र नगेरका मानिसहरू अथवा विदेशी वा सिथियान बीच कुनै अन्तर छैन। कमरा र फुक्का मानिस वीच कुनै फरक छैन। तर ती सब विश्वासीहरूमा ख्रीष्ट हुनु हुन्छ र ख्रीष्ट नै सर्वोपरी हुनुहुन्छ।
Colossians 4:1
मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ।ख्रीष्टि्यनहरूलाई पावल केही गर्नलाई सल्लाह दिन्छन्
1 Timothy 6:2
केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किन? किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्।मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ।
Philemon 1:16
अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ।
Acts 10:7
कर्नीलियससंग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो।