Job 22:9 हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।
Job 22:9 in Other Translations
King James Version (KJV) Thou hast sent widows away empty, and the arms of the fatherless have been broken.
American Standard Version (ASV) Thou hast sent widows away empty, And the arms of the fatherless have been broken.
Bible in Basic English (BBE) You have sent widows away without hearing their cause, and you have taken away the support of the child who has no father.
Darby English Bible (DBY) Widows hast thou sent empty away, and the arms of the fatherless have been broken.
Webster's Bible (WBT) Thou hast sent widows away empty, and the arms of the fatherless have been broken.
World English Bible (WEB) You have sent widows away empty, And the arms of the fatherless have been broken.
Young's Literal Translation (YLT) Widows thou hast sent away empty, And the arms of the fatherless are bruised.
Cross Reference
Job 24:3
तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।
Job 24:21
दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन। अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
Job 31:21
फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।
Isaiah 10:2
ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।
Ezekiel 22:7
यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्।
Psalm 37:17
किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन्, तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
Psalm 94:6
ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधुवाहरू र परदेशीहरूलाई मारे। तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
Isaiah 1:17
राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”
Exodus 22:21
“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।
Ezekiel 30:22
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु।
Malachi 3:5
तब मतिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कतिमानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकमदिंदैनन्। विधुवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।
Luke 18:3
त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’
Isaiah 1:23
तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”
Deuteronomy 27:19
“लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
Job 29:12
किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
Job 31:16
गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।
Psalm 10:15
हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्।