Haggai 1:8 पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।
Haggai 1:8 in Other Translations
King James Version (KJV) Go up to the mountain, and bring wood, and build the house; and I will take pleasure in it, and I will be glorified, saith the LORD.
American Standard Version (ASV) Go up to the mountain, and bring wood, and build the house; and I will take pleasure in it, and I will be glorified, saith Jehovah.
Bible in Basic English (BBE) Go up to the hills and get wood and put up the house; and I will take pleasure in it and be honoured, says the Lord.
Darby English Bible (DBY) Go up to the mountain and bring wood, and build the house, and I will take pleasure in it, and I will be glorified, saith Jehovah.
World English Bible (WEB) Go up to the mountain, bring wood, and build the house. I will take pleasure in it, and I will be glorified," says Yahweh.
Young's Literal Translation (YLT) Go up the mountain, and ye have brought in wood, And build the house, and I am pleased with it. And I am honoured, said Jehovah.
Cross Reference
Psalm 132:13
परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
Haggai 2:7
म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
2 Chronicles 2:8
दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्।
2 Chronicles 7:16
मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जस द्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।
Ezra 3:7
यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।
Ezra 6:4
यसको उचाइ 90 फीट चौडाइ 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ।
Psalm 87:2
परमप्रभुले इस्राएल का अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मन पराउनु हुन्छ।
Isaiah 60:7
केदारबाट आएका सारा भेंडा मानिसहरूले जम्मा गर्नेछन अनि तिमीहरूकहाँ ल्याइदिनेछन् नबायोतका भेडाँहरूले तिम्रो सेवा गर्नेछन्। तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ। अनि म ती सबै ग्रहण गर्नेछु। म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।
Isaiah 60:13
लबानोनका सबै महत्वपूर्ण कुराहरू तिमीहरूलाई दिइनेछ। मानिसहरूले देवदारू धूप्पी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्। ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ, यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ। अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु।
Exodus 29:43
त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधैं पवित्र बनिरहनेछ।
Jonah 3:1
त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो,
Haggai 1:2
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”
Haggai 2:9
यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ। सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; “यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।आज आशिषको कार्यको आरम्भ
Zechariah 11:1
लबानोन, आफ्नो दैलोहरू खोल, किनभने आगो भित्र आउँछ अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
Matthew 3:8
तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।
John 13:31
यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ।
Isaiah 66:11
किन? तिमीहरूले दया प्राप्त गर्नेछौ जसरी स्तनबाट दूध आउँदछ। त्यस “दूध”ले तिमीहरूलाई सन्तुष्ट प्रदान गर्नेछ। तिमीहरूले दूध पिउनेछौ, अनि तिमीहरूले साँचो रूपमा यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।
1 Kings 9:3
परमप्रभुले उनलाई भन्नुभयोः “मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सँधै विचार राख्ने छु।