Daniel 9:19 हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”
Daniel 9:19 in Other Translations
King James Version (KJV) O Lord, hear; O Lord, forgive; O Lord, hearken and do; defer not, for thine own sake, O my God: for thy city and thy people are called by thy name.
American Standard Version (ASV) O Lord, hear; O Lord, forgive; O Lord, hearken and do; defer not, for thine own sake, O my God, because thy city and thy people are called by thy name.
Bible in Basic English (BBE) O Lord, give ear; O Lord, have forgiveness; O Lord, take note and do; let there be no more waiting; for the honour of your name, O my God, because your town and your people are named by your name.
Darby English Bible (DBY) Lord, hear! Lord, forgive! Lord, hearken and do! defer not, for thine own sake, O my God! for thy city and thy people are called by thy name.
World English Bible (WEB) Lord, hear; Lord, forgive; Lord, listen and do; don't defer, for your own sake, my God, because your city and your people are called by your name.
Young's Literal Translation (YLT) O lord, hear, O Lord, forgive; O Lord, attend and do; do not delay, for Thine own sake, O my God, for Thy name is called on Thy city, and on Thy people.'
Cross Reference
Daniel 9:18
मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं।
Luke 11:8
म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ।
Jeremiah 14:7
“हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।
Jeremiah 14:9
किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु। तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।”
Amos 7:2
सलह ले देशको सारा घाँसहरु खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकुब बाँच्न सक्दैन। त्यो अत्यन्तैसानो छ।”
Psalm 44:23
उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!
Psalm 74:9
हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्।
Psalm 79:5
हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरूआगो झैं अनवरत झल्दछ?
Psalm 79:8
हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्। चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।
Psalm 85:5
के तपाई हामी संग सधैं क्रोधित हुनुहुन्छ?
Psalm 102:13
तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ। तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
Psalm 115:1
हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन। तपाईंको प्रेम र विश्वासले गर्दा सम्मान तपाईंको मात्र हो।
Isaiah 63:16
हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।
Isaiah 64:9
परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस। हाम्रा पापहरूलाई सँधै ध्यानमा नराखी भुलि दिनु होस। दया गरेर, हामीमाथि हेर्नुहोस् हामी तपाईंका मानिसहरू हौं।
Numbers 14:19
अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”
Jeremiah 25:29
मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।”‘ यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।
Ezekiel 20:9
तर मैले तिनीहरूलाई नष्ट गरिनँ। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई मित्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्नाम गर्न चाँहादिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिनँ।
Ezekiel 20:14
तर मैले तिनीहरूलाई नष्ट गरिन। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिन्।
Ezekiel 20:22
तर मैले आफैलाई रोकें। अन्य राष्ट्रहरूले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस्। यसकारण मैले ती अन्य देशहरूको सामुन्ने इस्राएललाई नष्ट गरिन्।
Ezekiel 36:22
यसकारण इस्राएलका घरानालाई भन कि परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयौ मेरो पवित्र नामको बद्नाम गर्यौ। अब म केही गर्न गइरहेछु। म यो तिम्रो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु।
Ezekiel 39:25
यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु।
Ephesians 1:6
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
Ephesians 1:12
ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं।
Ephesians 3:10
उहाँको उदेश्य थियो कि स्वर्गीय ठाँउका जम्मै शासकहरू र अधिकारीहरूले परमेश्वरले आफ्नो ज्ञान विभिन्न प्रकारले प्रदर्शन गर्नुहुन्छ भन्ने जानून्।
Jeremiah 14:20
हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।
1 Kings 8:30
परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थनासुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।
2 Chronicles 6:21
मेरा प्रार्थना अनि तपाईंका इस्राएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहींबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुन्नु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।
2 Chronicles 6:25
तब स्वर्गबाट सुनि दिनुहोस् अनि तपाईंका इस्राएली मानिसहरूको पापलाई क्षमा गरी दिनुहोस्। तिनीहरूलाई त्यस देशमा फर्काइ पठाउनु होस् जुन तपाईंले तिनीहरूलाई अनि तिनीहरूको पुर्खाहरूलाई दिनु भएको थियो।
2 Chronicles 6:39
जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको बास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरूद्ध पाप गरेका छन्।