Acts 23:12 अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे।
Acts 23:12 in Other Translations
King James Version (KJV) And when it was day, certain of the Jews banded together, and bound themselves under a curse, saying that they would neither eat nor drink till they had killed Paul.
American Standard Version (ASV) And when it was day, the Jews banded together, and bound themselves under a curse, saying that they would neither eat nor drink till they had killed Paul.
Bible in Basic English (BBE) And when it was day, the Jews came together and put themselves under an oath that they would take no food or drink till they had put Paul to death.
Darby English Bible (DBY) And when it was day, the Jews, having banded together, put themselves under a curse, saying that they would neither eat nor drink till they should kill Paul.
World English Bible (WEB) When it was day, some of the Jews banded together, and bound themselves under a curse, saying that they would neither eat nor drink until they had killed Paul.
Young's Literal Translation (YLT) And day having come, certain of the Jews having made a concourse, did anathematize themselves, saying neither to eat nor to drink till they may kill Paul;
Read Full Chapter :
Acts 23
Cross Reference
प्रेरित 23:21
तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सम्मतिको निम्ति र्पखिरहेका छन्।”
प्रेरित 23:30
मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसंग भएको दोष देखाउन पनि लगाएको छु।
प्रेरित 23:14
ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारूञ्जल सम्म न केही पिउँछौं न केही खानेछौं।
यहोशू 7:15
त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।”‘
1 शमूएल 14:24
त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरूञ्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।
1 शमूएल 14:27
तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरदस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।
1 शमूएल 14:40
यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।”सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”
1 राजा 19:2
यसकारण इजेबेलले एलिया समक्ष एकजना दूत पठाइन्। ईजेबेलले भनिन, “म कसम खान्छु भोलि यस बेलाको पहिले म तिमीलाई त्यसरी नै मार्नेछु जसरी तिमीले ती अगमवक्ताहरूलाई मार्यौ। यदि मैले सकिनँ भने तब देवताहरूले मलाई मार्नेछन्।”
2 राजा 6:31
राजाले भने, “परमेश्वरले मलाई सजाय दिऊन् यदि यस दिनको अन्तसम्म शापातको छोरा एलीशाको टाउको उसको जीउमा रहेको छ भने।”
नहेम्याह 10:29
तिनीहरूका अगुवाहरू सँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।
भजनसंग्रह 2:1
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
भजनसंग्रह 31:13
मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु। तिनीहरू मेरा विरोधीहरू भए। तिनीहरूले मलाई मार्ने योजना गरे।
लेवी 27:29
“यदि यस्तो विशेष उपहार मानिसको छ भने तब उसले किनेर फिर्ता ल्याउन सक्दैन र त्यसलाई अवश्यै मार्नु पर्छ।
यशैया 8:9
सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।
यर्मिया 11:19
मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।”
मत्ती 26:4
त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे।
मत्ती 26:74
तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो।
मत्ती 27:25
सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
मर्कूस 6:23
हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”
प्रेरित 25:3
तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए।
1 कोरिन्थी 16:22
जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!
गलाती 3:13
व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्डयाइन्छ त्यो श्रापित हो।
भजनसंग्रह 64:2
मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्। ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।
यहोशू 6:26
त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः“जो कोही मानिस जसले यरीहोको फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ। जो कसैले यो शहरमा जग बसाल्छ त्यसले आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ। जसले त्यस्ता मानिसद्वारा खडा गर्छ त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।”
यहोशू 7:1
तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।