Lamentations 4:20
राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”
Lamentations 4:20 in Other Translations
King James Version (KJV)
The breath of our nostrils, the anointed of the LORD, was taken in their pits, of whom we said, Under his shadow we shall live among the heathen.
American Standard Version (ASV)
The breath of our nostrils, the anointed of Jehovah, was taken in their pits; Of whom we said, Under his shadow we shall live among the nations.
Bible in Basic English (BBE)
Our breath of life, he on whom the holy oil was put, was taken in their holes; of whom we said, Under his shade we will be living among the nations.
Darby English Bible (DBY)
The breath of our nostrils, the anointed of Jehovah, was taken in their pits; of whom we said, Under his shadow we shall live among the nations.
World English Bible (WEB)
The breath of our nostrils, the anointed of Yahweh, was taken in their pits; Of whom we said, Under his shadow we shall live among the nations.
Young's Literal Translation (YLT)
The breath of our nostrils -- the anointed of Jehovah, Hath been captured in their pits, of whom we said: `In his shadow we do live among nations.'
| The breath | ר֤וּחַ | rûaḥ | ROO-ak |
| of our nostrils, | אַפֵּ֙ינוּ֙ | ʾappênû | ah-PAY-NOO |
| anointed the | מְשִׁ֣יחַ | mĕšîaḥ | meh-SHEE-ak |
| of the Lord, | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| was taken | נִלְכַּ֖ד | nilkad | neel-KAHD |
| pits, their in | בִּשְׁחִיתוֹתָ֑ם | bišḥîtôtām | beesh-hee-toh-TAHM |
| of whom | אֲשֶׁ֣ר | ʾăšer | uh-SHER |
| we said, | אָמַ֔רְנוּ | ʾāmarnû | ah-MAHR-noo |
| shadow his Under | בְּצִלּ֖וֹ | bĕṣillô | beh-TSEE-loh |
| we shall live | נִֽחְיֶ֥ה | niḥĕye | nee-heh-YEH |
| among the heathen. | בַגּוֹיִֽם׃ | baggôyim | va-ɡoh-YEEM |
Cross Reference
Ezekiel 12:13
उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन् त्यो त्यहाँ मर्नेछ।
Jeremiah 39:5
कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।
2 Samuel 19:21
तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”
Genesis 2:7
तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।
2 Samuel 1:14
दाऊदले सैनिकलाई भने, “परमप्रभद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”
Lamentations 2:9
यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए। यहाँले फाटकका सबै डण्डाहरू टुक्र्याई धुलो पार्नुभयो। उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्। उनीहरूलाई अब शिक्षा दिइने छैन। र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्।
Ezekiel 19:4
जाति-जातिहरूले त्यसले गर्जेको सुने अनि तिनीहरूले त्सलाई आफ्नो जालमा फँसाए। तिनीहरूले त्यसको मुखमा बल्छी लगाए अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए।
Ezekiel 17:18
तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किन? किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।”
Jeremiah 52:8
तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे।
Psalm 89:20
मैले मेरो दास दाऊदलाई पाएको छु, मेरो पवित्र तेलले मैले त्यसलाई अभिषेक गरेको छु।
2 Samuel 18:3
तर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयौं भने अब्शालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मर्यौ भने पनि त्यत्ति फरक पर्दैन। तर तपाईं 10,000 को संख्याका हामीभन्दा महत्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भने सहयोग पुर्याउनुहोस्।”
1 Samuel 12:3
अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”
1 Samuel 12:5
शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दैहुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”
1 Samuel 16:6
जब यिशै र तिनका छोराहरू आइ पुगे, शमूएलले एलीआबलाई देखे। शमूएलले सोचे, “निश्चय पनि परमप्रभुले छान्नु भएको मानिस यिनै हुनु पर्छ।”
1 Samuel 24:6
दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन र मैले त्यसो नगरको भए हुने थियो।”
1 Samuel 24:10
म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भनें, ‘म मेरो मालिकलाई हानि गर्ने छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुनू।’
1 Samuel 26:9
तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ।
1 Samuel 26:16
तिमीले एकदमै नराम्रो काम गर्यौ। जस्तो कि परमप्रभु जीवित हुनुहुन्छ, तिमी र तिम्रा मानिसहरू मर्नु पर्छ। किनभने तिमीहरूले आफ्ना परमप्रभुका अभिषिक्त राजाको रक्षा गरेनौ। अब हेर राजाको सिरानी छेउको भाला र पानी पिउने सुराही। खोई कहाँ छन्?”
2 Samuel 1:21
म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा पानी अथवा शीत झर्ने छैन। म यो पनि आशा गर्छु ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्। ती वीरहरूका ढालमा खिया लाग्यो शाऊलका ढालमा तेल मोलिएन।
Genesis 44:30
अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो।