Job 8

fullscreen1 तब शुहाबाट आएका बिल्ददले उत्तर दिए,

fullscreen2 “कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।

fullscreen3 परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्।

fullscreen4 यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने नै छ। तिमीहरूले दण्ड भोग्नु नै पर्छ।

fullscreen5 तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।

fullscreen6 यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।

fullscreen7 तब तिमीसंग पहिले जति थियो त्यो भन्दा अझ ज्यादा हुनेछ।

fullscreen8 बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके।

fullscreen9 हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ, त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं। यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।

fullscreen10 हुनुसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्। हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”

fullscreen11 बिल्ददले भन्यो, “के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ? के निगालाहरू पानीबिना उम्रन सक्छ?

fullscreen12 अहँ! यदि पानी सुकाइयो भने, तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।

fullscreen13 मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।

fullscreen14 त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन। उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।

fullscreen15 यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन।

fullscreen16 त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचाभरि फैलिएको छ।

fullscreen17 त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ। ढुङ्गामा बढनका निम्ति ठाउँहरू खोजिरहन्छ।

fullscreen18 तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।

fullscreen19 तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ।

fullscreen20 परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।

fullscreen21 परमेश्वरले सधैं तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।

1 Then answered Bildad the Shuhite, and said,

2 How long wilt thou speak these things? and how long shall the words of thy mouth be like a strong wind?

3 Doth God pervert judgment? or doth the Almighty pervert justice?

4 If thy children have sinned against him, and he have cast them away for their transgression;

5 If thou wouldest seek unto God betimes, and make thy supplication to the Almighty;

6 If thou wert pure and upright; surely now he would awake for thee, and make the habitation of thy righteousness prosperous.

7 Though thy beginning was small, yet thy latter end should greatly increase.

8 For inquire, I pray thee, of the former age, and prepare thyself to the search of their fathers:

9 (For we are but of yesterday, and know nothing, because our days upon earth are a shadow:)

10 Shall not they teach thee, and tell thee, and utter words out of their heart?

11 Can the rush grow up without mire? can the flag grow without water?

12 Whilst it is yet in his greenness, and not cut down, it withereth before any other herb.

13 So are the paths of all that forget God; and the hypocrite’s hope shall perish:

14 Whose hope shall be cut off, and whose trust shall be a spider’s web.

15 He shall lean upon his house, but it shall not stand: he shall hold it fast, but it shall not endure.

16 He is green before the sun, and his branch shooteth forth in his garden.

17 His roots are wrapped about the heap, and seeth the place of stones.

18 If he destroy him from his place, then it shall deny him, saying, I have not seen thee.

19 Behold, this is the joy of his way, and out of the earth shall others grow.

20 Behold, God will not cast away a perfect man, neither will he help the evil doers:

21 Till he fill thy mouth with laughing, and thy lips with rejoicing.

Job 8 in Tamil and English

1 तब शुहाबाट आएका बिल्ददले उत्तर दिए,
Then answered Bildad the Shuhite, and said,

2 “कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।
How long wilt thou speak these things? and how long shall the words of thy mouth be like a strong wind?

3 परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्।
Doth God pervert judgment? or doth the Almighty pervert justice?

4 यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने नै छ। तिमीहरूले दण्ड भोग्नु नै पर्छ।
If thy children have sinned against him, and he have cast them away for their transgression;

5 तर अब अय्यूब, परमेश्वर पट्टिहेर, अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।
If thou wouldest seek unto God betimes, and make thy supplication to the Almighty;

6 यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।
If thou wert pure and upright; surely now he would awake for thee, and make the habitation of thy righteousness prosperous.

7 तब तिमीसंग पहिले जति थियो त्यो भन्दा अझ ज्यादा हुनेछ।
Though thy beginning was small, yet thy latter end should greatly increase.

8 बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके।
For inquire, I pray thee, of the former age, and prepare thyself to the search of their fathers:

9 हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ, त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं। यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।
(For we are but of yesterday, and know nothing, because our days upon earth are a shadow:)

10 हुनुसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्। हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”
Shall not they teach thee, and tell thee, and utter words out of their heart?

11 बिल्ददले भन्यो, “के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ? के निगालाहरू पानीबिना उम्रन सक्छ?
Can the rush grow up without mire? can the flag grow without water?

12 अहँ! यदि पानी सुकाइयो भने, तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।
Whilst it is yet in his greenness, and not cut down, it withereth before any other herb.

13 मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन तिनीहरू मसिना र सूख्खा निगालाहरू जस्तो हुनेछन्। जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।
So are the paths of all that forget God; and the hypocrite’s hope shall perish:

14 त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन। उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।
Whose hope shall be cut off, and whose trust shall be a spider’s web.

15 यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने त्यो जालो फाट्छ। माकुराको जालमा झुण्डिन्छ तर त्यसले उसलाई थाम्न सक्तैन।
He shall lean upon his house, but it shall not stand: he shall hold it fast, but it shall not endure.

16 त्यो मानिस एक उद्भिद् जस्तो छ जसमा प्रशस्त पानी र घामको किरण छ त्यसको हाँगाहरू सबै बगैंचाभरि फैलिएको छ।
He is green before the sun, and his branch shooteth forth in his garden.

17 त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ। ढुङ्गामा बढनका निम्ति ठाउँहरू खोजिरहन्छ।
His roots are wrapped about the heap, and seeth the place of stones.

18 तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
If he destroy him from his place, then it shall deny him, saying, I have not seen thee.

19 तर उद्भिद् खुशी थियो अनि यसको ठाउँमा अर्को उम्रिनेछ।
Behold, this is the joy of his way, and out of the earth shall others grow.

20 परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न। उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
Behold, God will not cast away a perfect man, neither will he help the evil doers:

21 परमेश्वरले सधैं तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
Till he fill thy mouth with laughing, and thy lips with rejoicing.