Daniel 8:23 “ती राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठूर र युद्धकलामा निपुण राजा देखा पर्नेछ।
Daniel 8:23 in Other Translations
King James Version (KJV) And in the latter time of their kingdom, when the transgressors are come to the full, a king of fierce countenance, and understanding dark sentences, shall stand up.
American Standard Version (ASV) And in the latter time of their kingdom, when the transgressors are come to the full, a king of fierce countenance, and understanding dark sentences, shall stand up.
Bible in Basic English (BBE) And in the later years of their kingdom, when their evil doings have become complete, there will come up a king full of pride and expert in dark sayings.
Darby English Bible (DBY) And at the latter time of their kingdom, when the transgressors shall have come to the full, a king of bold countenance, and understanding riddles, shall stand up.
World English Bible (WEB) In the latter time of their kingdom, when the transgressors are come to the full, a king of fierce face, and understanding dark sentences, shall stand up.
Young's Literal Translation (YLT) `And in the latter end of their kingdom, about the perfecting of the transgressors, stand up doth a king, fierce of face, and understanding hidden things;
Read Full Chapter :
Daniel 8
Cross Reference
प्रकाश 13:11
त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडाको पाठाको जस्तो दुईवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो।
दानियल 7:25
त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बद्लने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन वर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।
1 तिमोथी 4:1
पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाडनेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुसरण गर्नेछन्।
2 थिस्सलोनिकी 2:9
त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।
दानियल 8:9
फेरि त्यो चारै सींङहरू मध्ये एउटा सानो सींङ उम्रियो। त्यो सानो सींङ बढेर ठूलो भयो। यो दक्षिण पूर्वतिर बढेर गयो। यो सींङ सुन्दर भूमि पट्टि बढेर गयो।
दानियल 7:20
त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें।
इजकिएल 38:8
लामो समय पछि म तिमीलाई सम्झनेछु। अब अन्तिम वर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःर्निर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्।
इजकिएल 38:16
तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने र्गजिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।”‘
दानियल 7:8
“अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो।
दानियल 7:11
“मैले हेरिरहेको थिएँ कि त्यो सानो सींङले अभिमानी शब्दहरू प्रयोग गरिरहेको थियो। त्यसैले कठोर जनावरले त्यो चौथो जनावरलाई मारिदियो अनि त्यसको शरीर बल्दै गरेको आगोमा फ्याँकिदियो।
दानियल 8:25
“त्यसको मन निरन्तर क्रियाशील रहनेछ, र आफूले रचेको चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। त्यसले ठूला ठूला युक्तिहरू रच्नेछ। तिनीहरूले नचिताएको समयमा त्यसले तिनीहरूमाथि धेरै विध्वंश ल्याउनेछ। त्यसले प्रधानहरूका प्रधानलाई पनि धाक दिनेछ तर कुनै मानिसको हात विनानै त्यो ढल्नेछ।
दानियल 10:14
म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।’
दानियल 11:24
“‘जब त्यस प्रदेशको सर्वाधिक धनी क्षेत्रले आफूलाई शान्ति र सुरक्षित अनुभव गर्छ, त्यति नै बेला उसले धनहरू लुट्नेछ र आफू पछि लाग्नेहरूलाई लूटको धन दिनेछ। त्यसका पिता-पुर्खाहरूले गर्न नसकेको काम त्यसले गर्नेछ।
प्रकाश 19:20
तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरु गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरु गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरुलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्काउन चमत्कारिक कर्महरु गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए।
गन्ती 24:24
जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
1 थिस्सलोनिकी 2:16
तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपादै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।
उत्पत्ति 15:16
चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”
मत्ती 23:32
यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर।
दानियल 11:21
“यसपछि एकजना एकदमै निष्ठुर अनि घिनलाग्दो मानिस आउनेछ। उसले राज परिवारको एकजना उत्तराधिकारी हुने सम्मान पाउनेछैन। आफ्नो चलाकीद्वारा ऊ अप्रत्याशित ढंगले राजा हुनेछ।
व्यवस्था 28:50
तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन अनि ससाना नानीहरूप्रति दया देखाउँदैनन्।