Genesis 4:26 सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरुले परमप्रभुलाई विश्वास गर्न थाले।
Genesis 4:26 in Other Translations
King James Version (KJV) And to Seth, to him also there was born a son; and he called his name Enos: then began men to call upon the name of the LORD.
American Standard Version (ASV) And to Seth, to him also there was born a son; and he called his name Enosh. Then began men to call upon the name of Jehovah.
Bible in Basic English (BBE) And Seth had a son, and he gave him the name of Enosh: at this time men first made use of the name of the Lord in worship.
Darby English Bible (DBY) And to Seth, to him also was born a son; and he called his name Enosh. Then people began to call on the name of Jehovah.
Webster's Bible (WBT) And to Seth, to him also there was born a son; and he called his name Enos: then began men to call upon the name of the LORD.
World English Bible (WEB) There was also born a son to Seth, and he named him Enosh. Then men began to call on Yahweh's name.
Young's Literal Translation (YLT) And to Seth, to him also a son hath been born, and he calleth his name Enos; then a beginning was made of preaching in the name of Jehovah.
Cross Reference
Psalm 116:17
म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु।
Zephaniah 3:9
त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्।
1 Corinthians 1:2
कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।
Joel 2:32
अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरु सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरुको बिचमा तिनीहरु हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ।
1 Kings 18:24
बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।” सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।
Genesis 12:8
त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे।
Acts 2:21
अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’
Acts 11:26
शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक र्बष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए।
Genesis 26:25
यसर्थ त्यस ठाउँमा इसहाकले एउटा वेदी बनाए अनि परमप्रभुको आराधना गरे। इसहाकले त्यहाँ एउटा पाल अनि त्यहाँ उसका नोकरहरूलाई एउटा कूवा पनि खनाए।
Ephesians 3:14
यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु।
Romans 10:13
हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”
Deuteronomy 26:17
आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुसरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ।
Isaiah 44:5
“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘
Isaiah 48:1
परमप्रभु भन्नुहुन्छ, “हे याकूबका परिवार हो मलाई ध्यान दिएर सुन्। तिमीहरू आफैले आफूलाई इस्राएल भन्यौ। तिमीहरू यहूदाको वंशहरू हौं। तिमीले वचन राख्नलाई परमप्रभुको नाउँ चलायौ, तिमीले इस्राएलको परमेश्वरको स्तुति गान गर्यौ। तर तिमी धार्मिक र निष्कपट थिएनौ जब तिमीले ती कुराहरू गर्यौ।”
Isaiah 63:19
केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिंदैनन्। अनि हामी त्यस्ता खालका मानिसहरू थियौं।
Jeremiah 33:16
‘यो ‘शाखाको’ समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो ‘शाखाको’ नाउँ हो परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।”
Luke 3:38
केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।