Genesis 28 - DBY (Nepali)
1 And Isaac called Jacob, and blessed him, and charged him, and said to him, Thou shalt not take a wife of the daughters of Canaan.इसहाकले याकूबलाई बोलाए अनि उनलाई आशीर्वाद दिए। त्यसपछि इसहाकले उनलाई आज्ञा दिए। उनले भने, “तैंले कनानी आइमाईहरू विवाह गर्ने छैनस्।
2 Arise, go to Padan-Aram, to the house of Bethuel thy mother's father, and take a wife thence of the daughters of Laban thy mother's brother.यसर्थ यस ठाउँलाई छाडेर पद्दन-आराममा। तेरी आमाको माइती- घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर्।
3 And the Almighty ùGod bless thee, and make thee fruitful and multiply thee, that thou mayest become a company of peoples.म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।
4 And may he give thee the blessing of Abraham, to thee and to thy seed with thee, in order that thou mayest possess the land of thy sojourning, which God gave to Abraham!म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।”
5 And Isaac sent away Jacob; and he went to Padan-Aram, to Laban the son of Bethuel the Syrian, the brother of Rebecca, Jacob's and Esau's mother.यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बतूएलको छोरो लाबान कहाँ गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिइ।
6 And Esau saw that Isaac had blessed Jacob, and sent him away to Padan-Aram, to take a wife thence, blessing him, and giving him a charge saying, Thou shalt not take a wife of the daughters of Canaan;एसावले बुझे उसका बाबु इसहाकले याकूबलाई आशीर्वाद दिए। अनि एसावले बुझे विवाह गर्नको निम्ति याकूबलाई इसहाकले पद्दन-आराम पठाए। एसावले बुझे इसहाकले याकूबलाई कनानी आइमाई विवाह नर्गनु भनी आदेश दिएका छन्।
7 and [that] Jacob had obeyed his father and his mother, and was gone to Padan-Aram.अनि एसावले बुझे याकूबले आमा-बाबुको कुरा मानेर पद्दन-आराम गए।
8 And Esau saw that the daughters of Canaan were evil in the sight of Isaac his father.एसावले बुझे उनका छोराहरूले कनानी आइमाईहरू विवाह गरेको मन पराउँदैनन्।
9 And Esau went to Ishmael, and took, besides the wives that he had, Mahalath the daughter of Ishmael Abraham's son, the sister of Nebaioth, to be his wife.एसावकी दुइ पत्नीहरू थिए। तर एसाव इश्माएलकहाँ गए र उनकी छोरी महालथसंग विवाह गरे। इश्माएल अब्राहामका छोरा थिए र महालथ नबायोतकी बहिनी थिइन्।
10 And Jacob went out from Beer-sheba, and went towards Haran.याकूब बर्शेबा छोडेर हारानतिर लागे।
11 And he lighted on a certain place, and lodged there, because the sun had set. And he took [one] of the stones of the place, and made [it] his pillow, and lay down in that place.याकूबले आफ्नो यात्रा शुरू गर्दा घाम डुबि सकेको थियो। यसर्थ रात बिताउनको लागि याकूब एउटा ठाउँमा गए। याकूबले त्यहाँ एउटा चिहान देखे अनि सुत्नको लागि त्यसैमा आफ्नो शिर राखे।
12 And he dreamed, and behold, a ladder was set up on the earth, and the top of it reached to the heavens. And behold, angels of God ascended and descended upon it.याकूबले सपना देखे। एउटा सिडी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंडीमा तल र माथि गरिरहेको देखे।
13 And behold, Jehovah stood above it. And he said, I am Jehovah, the God of Abraham, thy father, and the God of Isaac: the land on which thou liest, to thee will I give it, and to thy seed.याकूबले स्वर्गदूतहरूलाई यस लिस्नुमा चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु।
14 And thy seed shall be as the dust of the earth, and thou shalt spread abroad to the west, and to the east, and to the north, and to the south; and in thee and in thy seed shall all the families of the earth be blessed.तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।
15 And behold, I am with thee, and will keep thee in all [places] to which thou goest, and will bring thee again into this land; for I will not leave thee until I have done what I have spoken to thee of.“म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाईं म यहाँ फर्काएर ल्याउनेछु। म तलाईं त्यसबेलासम्म छोडने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएको प्रतिज्ञा मैले पूरा गर्दिन।”
16 And Jacob awoke from his sleep, and said, Surely Jehovah is in this place, and I knew [it] not.तब याकूब ब्यूँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।”
17 And he was afraid, and said, How dreadful is this place! this is none other but the house of God, and this is the gate of heaven.याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।”
18 And Jacob rose early in the morning, and took the stone that he had made his pillow, and set it up [for] a pillar, and poured oil on the top of it.अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्स चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए।
19 And he called the name of that place Beth-el; but the name of that city was Luz at the first.पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।
20 And Jacob vowed a vow, saying, If God will be with me, and keep me on this road that I go, and will give me bread to eat, and a garment to put on,तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसंगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने।
21 and I come again to my father's house in peace -- then shall Jehovah be my God.यदि म आफ्नो बुबाकहाँ सुरक्षित र शान्तिसित फर्किन सकें, यदि परमेश्वरले यी सबै कामहरू मेरो लागि गर्नु भयो भने तब परमप्रभु मेरो परमेश्वर हुनु हुनेछ।
22 And this stone, which I have set up [for] a pillar, shall be God's house; and of all that thou wilt give me I will without fail give the tenth to thee.त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउनेछु।
Nepali Bible