Exodus 3:20 यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महाशक्ति प्रयोग गर्नेछु। जब म महाशक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोडन बाध्य गर्नेछु।
Exodus 3:20 in Other Translations
King James Version (KJV) And I will stretch out my hand, and smite Egypt with all my wonders which I will do in the midst thereof: and after that he will let you go.
American Standard Version (ASV) And I will put forth my hand, and smite Egypt with all my wonders which I will do in the midst thereof: and after that he will let you go.
Bible in Basic English (BBE) But I will put out my hand and overcome Egypt with all the wonders which I will do among them: and after that he will let you go.
Darby English Bible (DBY) And I will stretch out my hand and smite Egypt with all my wonders which I will do in the midst thereof; and after that he will let you go.
Webster's Bible (WBT) And I will stretch out my hand, and smite Egypt with all my wonders which I will do in the midst thereof: and after that he will let you go.
World English Bible (WEB) I will put forth my hand and strike Egypt with all my wonders which I will do in the midst of it, and after that he will let you go.
Young's Literal Translation (YLT) and I have put forth My hand, and have smitten Egypt with all My wonders, which I do in its midst -- and afterwards he doth send you away.
Read Full Chapter :
Exodus 3
Cross Reference
प्रस्थान 9:15
तिमी र तिम्रा मानिसहरूलाई यस भूमिबाट बाहिर ल्याउन म मेरो शक्ति प्रयोग गर्न सक्छु।
व्यवस्था 6:22
परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं।
नहेम्याह 9:10
तपाईंले चिन्हहरु र आश्चर्यमय कुराहरू फिरऊन मिश्रदेशका राजा अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो, किनभने तिनीहरूले हाम्रापुर्खा हरूलाई अत्याचार गरेको तपाईंलाई थाहा थियो। तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।
प्रेरित 7:36
तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस र्वष सम्म गरे।
प्रस्थान 6:6
यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु।
भजनसंग्रह 105:27
परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।
प्रस्थान 11:8
त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसंगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।”तब मोशा रिसाएर म फिरऊनलाई छोडनेछु।”‘
प्रस्थान 12:31
तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर।
प्रस्थान 12:39
ती मानिसहरूसंग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।
भजनसंग्रह 135:8
परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
यशैया 19:22
परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
यशैया 26:11
तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ, तर तिनीहरू यसलाई देख्दैनन्। तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्। निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्। निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
उत्पत्ति 15:14
म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोडनेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।
इजकिएल 20:33
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमीहरूमाथि राजाले जस्तै शासन गर्छु। म आफ्नो शक्तिशाली हातहरू उठाउँछु अनि तिमीहरूलाई दण्ड दिन्छु। म तिमीहरू विरूद्ध आफ्नो क्रोध प्रकट गर्छु!
प्रेरित 7:1
प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?”
यर्मिया 32:20
हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैले आज प्रसिद्ध पार्नु भएकोछ।
प्रस्थान 6:1
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”
प्रस्थान 7:3
तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र
प्रस्थान 11:1
तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ।
व्यवस्था 4:34
अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।
न्यायकर्ता 6:8
यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरे अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ।
न्यायकर्ता 8:16
गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरूभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे।
भजनसंग्रह 105:38
परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
भजनसंग्रह 106:22
परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!