Bible

Numbers 5 - ASV (Nepali)

1 And Jehovah spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

2 Command the children of Israel, that they put out of the camp every leper, and every one that hath an issue, and whosoever is unclean by the dead:“इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।

3 both male and female shall ye put out, without the camp shall ye put them; that they defile not their camp, in the midst whereof I dwell.म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”

4 And the children of Israel did so, and put them out without the camp; as Jehovah spake unto Moses, so did the children of Israel.यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।

5 And Jehovah spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

6 Speak unto the children of Israel, When a man or woman shall commit any sin that men commit, so as to trespass against Jehovah, and that soul shall be guilty;“यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो।

7 then he shall confess his sin which he hath done: and he shall make restitution for his guilt in full, and add unto it the fifth part thereof, and give it unto him in respect of whom he hath been guilty.त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोडनु पर्छ जसलाई उसले सताए।

8 But if the man have no kinsman to whom restitution may be made for the guilt, the restitution for guilt which is made unto Jehovah shall be the priest's; besides the ram of the atonement, whereby atonement shall be made for him.तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रायश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रायश्चित गर्ने छ।

9 And every heave-offering of all the holy things of the children of Israel, which they present unto the priest, shall be his.“मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ।

10 And every man's hallowed things shall be his: whatsoever any man giveth the priest, it shall be his.कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”

11 And Jehovah spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

12 Speak unto the children of Israel, and say unto them, If any man's wife go aside, and commit a trespass against him,“इस्राएलका मानिसहरूलाई यी कुराहरू भन एकजना पुरूषकी पत्नी त्योसंग विश्वासघाती हुन सक्छे।

13 and a man lie with her carnally, and it be hid from the eyes of her husband, and be kept close, and she be defiled, and there be no witness against her, and she be not taken in the act;तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छे भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ला अनि पत्नीले पनि तिनको पाप प्रकट नर्गलिन्।

14 and the spirit of jealousy come upon him, and he be jealous of his wife, and she be defiled: or if the spirit of jealousy come upon him, and he be jealous of his wife, and she be not defiled:तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्।

15 then shall the man bring his wife unto the priest, and shall bring her oblation for her, the tenth part of an ephah of barley meal; he shall pour no oil upon it, nor put frankincense thereon; for it is a meal-offering of jealousy, a meal-offering of memorial, bringing iniquity to remembrance.त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौंको पीठो लानु पर्छ। जौंको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।

16 And the priest shall bring her near, and set her before Jehovah:“तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउँछ।

17 and the priest shall take holy water in an earthen vessel; and of the dust that is on the floor of the tabernacle the priest shall take, and put it into the water.तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्।

18 And the priest shall set the woman before Jehovah, and let the hair of the woman's head go loose, and put the meal-offering of memorial in her hands, which is the meal-offering of jealousy: and the priest shall have in his hand the water of bitterness that causeth the curse.पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याँउछ।

19 And the priest shall cause her to swear, and shall say unto the woman, If no man have lain with thee, and if thou have not gone aside to uncleanness, being under thy husband, be thou free from this water of bitterness that causeth the curse.“अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरूषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरूषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोकसान गर्ने छैन।

20 But if thou have gone aside, being under thy husband, and if thou be defiled, and some man have lain with thee besides thy husband:तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।

21 then the priest shall cause the woman to swear with the oath of cursing, and the priest shall say unto the woman, Jehovah make thee a curse and an oath among thy people, when Jehovah doth make thy thigh to fall away, and thy body to swell;तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराप्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’“यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ।

22 and this water that causeth the curse shall go into thy bowels, and make thy body to swell, and thy thigh to fall away. And the woman shall say, Amen, Amen.पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। ‘आमेन, आमेन।”‘

23 And the priest shall write these curses in a book, and he shall blot them out into the water of bitterness:“तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ।

24 and he shall make the woman drink the water of bitterness that causeth the curse; and the water that causeth the curse shall enter into her `and become' bitter.अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।

25 And the priest shall take the meal-offering of jealousy out of the woman's hand, and shall wave the meal-offering before Jehovah, and bring it unto the altar:“तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट यो वेदीमा ल्याउन पर्छ लिएर परमप्रभुको अघि डोलाउनु पर्छ।

26 and the priest shall take a handful of the meal-offering, as the memorial thereof, and burn it upon the altar, and afterward shall make the woman drink the water.पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ।

27 And when he hath made her drink the water, then it shall come to pass, if she be defiled, and have committed a trespass against her husband, that the water that causeth the curse shall enter into her `and become' bitter, and her body shall swell, and her thigh shall fall away: and the woman shall be a curse among her people.जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे।

28 And if the woman be not defiled, but be clean; then she shall be free, and shall conceive seed.तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।

29 This is the law of jealousy, when a wife, being under her husband, goeth aside, and is defiled;“यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरूषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे,

30 or when the spirit of jealousy cometh upon a man, and he is jealous of his wife; then shall he set the woman before Jehovah, and the priest shall execute upon her all this law.अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो।

31 And the man shall be free from iniquity, and that woman shall bear her iniquity.पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”

Nepali Bible