Malachi 1:3 अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाडपारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।”
Malachi 1:3 in Other Translations
King James Version (KJV) And I hated Esau, and laid his mountains and his heritage waste for the dragons of the wilderness.
American Standard Version (ASV) but Esau I hated, and made his mountains a desolation, and `gave' his heritage to the jackals of the wilderness.
Bible in Basic English (BBE) And Esau was hated, and I sent destruction on his mountains, and gave his heritage to the beasts of the waste land.
Darby English Bible (DBY) and I hated Esau; and made his mountains a desolation, and [gave] his inheritance to the jackals of the wilderness.
World English Bible (WEB) but Esau I hated, and made his mountains a desolation, and gave his heritage to the jackals of the wilderness."
Young's Literal Translation (YLT) Is not Esau Jacob's brother? -- an affirmation of Jehovah, And I love Jacob, and Esau I have hated, And I make his mountains a desolation, And his inheritance for dragons of a wilderness.
Read Full Chapter :
Malachi 1
Cross Reference
यर्मिया 49:16
एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ अनि स्वयंलाई महान ठानेका छौं। तर तिमीहरू आफैलाई मूर्ख बनायौ। तिम्रा गर्वले तिमीलाई धोका दियो। तिमी फुटेको चट्टानमा बस्छौ; उच्च पहाडहरूमा बस्छौ। तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।”
इजकिएल 35:3
त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु। म तिमीलाई दण्ड दिन्छु म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु अनि तिमी खाली हुनेछौ।
योएल 3:19
मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरु यहूदाका मनिसहरु प्रति निष्ठुर थिए। तिनीहरुले तिनीहरुकै देशको निर्दोषमानिसको हत्या गरेका छन्।
यशैया 34:9
एदोमका नदीहरू अलकत्रा जस्तो तातो हुनेछ। एदोमको धूलो जलिरहेको गन्धक जस्तो हुनेछ।
यशैया 35:7
बल्दै गरेको तातो भूमिमा पानीको धाराहरू हुनेछ। सुखा ठाउँहरूमा इनारहरू हुनेछन्। भूईंबाट पानी बग्नेछ। त्यहाँ अग्ला जलीय रूखहरू उम्रिनेछन् जहाँ एक समय पशुहरूले शासन गरेका थिए।
यर्मिया 9:11
“म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”
यर्मिया 49:10
तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु। म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु अनि उ मबाट लुक्न पाउने छैन। उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सडनेछन् अनि एसाव अस्तिवहिन हुनेछ।
यर्मिया 51:37
बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।
इजकिएल 25:13
यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्।
इजकिएल 35:7
म सेइर पर्वतलाई उजाड गरिदिन्छु। म ती प्रत्येक मानिसलाई मार्छु जो त्यो शहरबाट आउँछ अनि म त्यो प्रत्येक मानिसलाई मार्नेछु जो त्यो शहरमा जाने प्रयत्न गर्छ।
उत्पत्ति 29:30
यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दाराहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।
इजकिएल 36:7
यसकरण, मेरो स्वामी परमप्रभु यसो भन्नुहुन्छ, “म प्रतिज्ञा गर्छु कि तिम्रो चारैतिरको राष्ट्रहरूले अपमानको कष्ट भोग्नेछन्।
इजकिएल 36:9
म तिमीसित छु। म तिमालाई सहायता गर्नेछु। मानिसहरूले तिम्रो जमीन जोत्नेछन्। बिऊ उमार्नेछन्।
इजकिएल 36:14
अब भविष्यमा तिमीले मानिसहरू नष्ट गर्नेछैनौ। तिमीले भविष्यमा नानीहरू टाढो लिएर जानेछैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।
ओबदिया 1:10
तिमी लाजले पूरिने छौ अनि तिमी सधैंको निम्ति नष्ट हुनेछौ। किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।
ओबदिया 1:18
याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ। यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ। तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ। यहूदाका मानिसहरूले एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्। एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।” किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।
लूका 14:26
“यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यु भाई तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ।
इजकिएल 36:3
“यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारै तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरू राष्ट्रको अधिकारमा गयौ। तब तिम्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।”‘
व्यवस्था 21:15
“कुनै मानिसको दुई जना पत्नी हुन सएछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सएछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सएछ।
यशैया 13:21
जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्नु पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र ठूल-ठूला चराहरू बस्नेछन्। लामा-लामा भुत्लाहरू भएका जङ्गली बाख्राहरू त्यस घरहरूमा चराहरू हिडनेछन्।