Luke 11 - BBE (Nepali)
1 And it came about that he was in prayer in a certain place, and when he came to an end, one of his disciples said to him, Lord, will you give us teaching about prayer, as John did to his disciples?एक समय येशू कुनै एक ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब प्रार्थना गरी सक्नु भयो, उहाँको चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, “यूहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्नु पर्छ सिकाए। हे प्रभु हामीले पनि प्रार्थना गर्नुपर्छ, सिकाउनुहोस्।”
2 And he said to them, When you say your prayers, say, Father, may your name be kept holy and your kingdom come.येशूले चेलाहरूलाई भन्नुभयो, “जब तिमीहरू प्रार्थना गछौं, तब यसरी गर‘हे पिता! हामी प्रार्थना गछौं कि तपाईंको नाउँ सधैं पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं कि तपाईंको राज्यको आगमन होस्।
3 Give us every day bread for our needs.दिनहुँ चाहिने भोजन हामीलाई दिनु होस्।
4 May we have forgiveness for our sins, as we make free all those who are in debt to us. And let us not be put to the test.हामीले गरेका पापहरू क्षमा दिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई कठिन परीक्षा ल्याउनुहोस्।”‘लगातार प्रश्न
5 And he said to them, Which of you, having a friend, would go to him in the middle of the night and say to him, Friend, let me have three cakes of bread;फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला,
6 Because a friend of mine has come to me on a journey, and I have nothing to put before him;मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’
7 And he, from inside the house, would say in answer, Do not be a trouble to me; the door is now shut, and my children are with me in bed; it is not possible for me to get up and give to you?घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ।
8 I say to you, Though he will not get up and give to him, because he is his friend, still, if he keeps on making his request, he will get up and give him as much as he has need of.म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ।
9 And I say to you, Make requests, and they will be answered; what you are searching for, you will get; when you give the sign, the door will be open to you.फेरि म तिमीहरूलाई भन्दछु, “माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।
10 For to everyone who makes a request, it will be given; and he who is searching will get his desire; and to him who gives the sign, the door will be open.किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले पाउँदछ। अनि जसले ढक्ढकाँउछ, ढोका उघारिनेछ।
11 And which of you, being a father, will give a stone to his son, who makes request for bread? or for a fish, will give him a snake?तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी साँप दिन्छौ अहँ! तिमी उसलाई माछा नै दिन्छै।
12 Or for an egg, will give him a scorpion?अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अहँ!
13 If, then, you who are evil are able to give good things to your children, how much more will your Father in heaven give the Holy Spirit to those who make request to him?तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसंग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।
14 And he was sending an evil spirit out of a man who was without the power of talking. And it came about that when the spirit had gone the man had the power of talking; and the people were full of wonder.कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे।
15 But some of them said, He sends out evil spirits by Beelzebul, the ruler of evil spirits.तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”
16 And others, testing him, were looking for a sign from heaven from him.अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए।
17 But he, having knowledge of their thoughts, said to them, Every kingdom in which there is division is made waste; and a house in which there is division comes to destruction.तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशुले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफै नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ।
18 If, then, Satan is at war with himself, how will he keep his kingdom? because you say that I send evil spirits out of men by the help of Beelzebul.यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ।
19 And if I, by Beelzebul, send out evil spirits, by whose help do your sons send them out? so let them be your judges.यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने , तिम्रो मानिसहरुले अरु भुतहरु धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन्
20 But if I, by the finger of God, send out evil spirits, then the kingdom of God has overtaken you.तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।
21 When the strong man armed keeps watch over his house, then his goods are safe:“जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ।
22 But when one who is stronger makes an attack on him and overcomes him, he takes away his instruments of war, in which he had put his faith, and makes division of his goods.तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।
23 He who is not with me is against me, and he who will not give me help in getting people together is driving them away.“यदि कुनै मानिस मसंग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसंग काम गर्दैन ऊ मेरो विरोधमा छ।
24 The unclean spirit, when he has gone out of a man, goes through dry places, looking for rest; and when he does not get it, he says, I will go back to my house from which I came.“जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिडछ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं र्फकन्छु।’
25 And when he comes, he sees that it has been made fair and clean.जब त्यो आत्मा त्यो घर र्फकन्छ त्यसले त्यो घर बढारिएको पाउँछ।
26 Then he goes and gets seven other spirits more evil than himself, and they go in, and take their places there: and the last condition of that man is worse than the first.तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”
27 And it came about that when he said these things, a certain woman among the people said in a loud voice, Happy is the body which gave you birth, and the breasts from which you took milk.जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन् अनि तपाईंलाई स्तन पान गराइन्।”
28 But he said, More happy are they who give hearing to the word of God and keep it.तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”
29 And when a great number of people came together to him, he said, This generation is an evil generation: it is looking for a sign and no sign will be given to it but the sign of Jonah.मानिसहरूको भीड बिस्तार बढदै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ।”
30 For even as Jonah became a sign to the Ninevites, so will the Son of man be to this generation.योना निनवेका वासिन्दाहरूको लागि चिन्ह हुनेछन्। त्यसरी नै यस पुस्ताको लागि मानिसका पुत्र पनि चिन्ह हुनेछन्।
31 The queen of the South will come up on the day of judging and give her decision against the men of this generation: for she came from the ends of the earth to give ear to the wisdom of Solomon; and now something greater than Solomon is here.न्यायको दिन दक्षिण देशकी रानी यो पुस्ताका मानिसहरू विरूद्ध उठ्नेछिन् अनि तिनीहरू दोषी हुन् भनी प्रमाण दिनेछिन्। किन्? किनभने सुलेमानको ज्ञानमय शिक्षा सुन्नु तिनी धेरै टाडोबाट आएकी थिइन्। अनि म भन्दछु कि सुलेमान भन्दा म महान हुँ।
32 The men of Nineveh will come up in the day of judging and give their decision against this generation: for they were turned away from their sins at the preaching of Jonah; but now something greater than Jonah is here.न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किन? किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हूँ।
33 No man, when the light has been lighted, puts it in a secret place, or under a vessel, but on its table, so that those who come in may see the light.“कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छन।
34 The light of the body is the eye: when your eye is true, all your body is full of light; but when it is evil, your body is dark.तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरु ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ।
35 So take care that the light which is in you is not dark.यसैले होशियार होऊ। तिमीमा भएको उज्यालो अँध्यारोमा परिणत नहोस्।
36 If, then, all your body is light, with no part of it dark, it will be completely full of light, as when a flame with its bright shining gives you light.अतः यदि तिम्रो शरीर पूर्ण उज्यालोले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।”
37 Now, while he was talking, a Pharisee made a request that he would come to a meal with him; and he went in and took his seat at the meal.येशू बोली सक्नु भएपछि, एकजना फरिसीले संगै खाना खानु भनी आग्रह गरे। अनि येशू जानु भयो अनि खान बस्नु भयो।
38 And when the Pharisee saw it, he was surprised because he came to the meal without first washing himself.तर खाना खानु भन्दा अघि येशूले हात नधोएको देखेर फरिसी छक्क परे।
39 And the Lord said to him, You Pharisees make the outside of the cup and the plate clean; but inside you are thieves and full of evil.यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।
40 O you foolish ones! did not he who made the outside in the same way make the inside?तिमीहरू मूर्ख हौ। जसले बाहिरी भाग बनाए उनैले भित्री भाग पनि बनाए। हो कि होइन?
41 But if you give to the poor such things as you are able, then all things are clean to you.तर भित्रपट्टि जो जे छ त्यो गरीब मानसहरूलाई देऊ। त्यसपछि तिमी पनि पूर्णरूपले सफा हुनेछौ।
42 But a curse is on you, Pharisees! for you make men give a tenth of every sort of plant, and give no thought to right and the love of God; but it is right for you to do these things, and not let the others be undone.धिक्कार तिमी फरिसीहरूलाई! तिमीहरूकोमा भएको पुदिना, आरूद अनि बगैंचामा भएका अन्य जम्मै चीजहरूको दशांश परमेश्वरलाई चढाउँछौ, तर तीमीहरू परमेश्वर प्रति न्याया र प्रेम अवहेलना गर्छौ। यही कुराहरू तिमीहरूले गर्नु पर्ने हो जब तिमीहरू अन्य कामहरू गरिरहेका हुन्छौ।
43 A curse is on you, Pharisees! for your desires are for the most important seats in the Synagogues and for words of respect said to you in the market-place.धिक्कार तिमा फरिसीहरूलाई तिमी सभा -घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ।
44 A curse is on you! for you are like the resting-places of dead men, which are not seen, and men go walking over them without knowledge of it.धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहूने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिडेछन्।
45 And one of the teachers of the law, answering, said to him, Master, in saying this, you give a bad name to us as to them.व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरु जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।”
46 And he said, A curse is on you, teachers of the law! for while other men are crushed under the weight of the rules you make for them, you yourselves do not put so much as one finger to them.येशूले उत्तर दिनुभयो, “धिक्कार तिमी व्यवस्थाका शास्त्रीहरूलाई तिमीहरू मानिसहरूलाई यी नियम पालन गर्नु वाध्य गराउँछौ। तर तिमीहरू आफै भने ती नियमहरू पालन गर्ने चेष्टा समेत गर्दैनौ।
47 A curse is on you! for you make resting-places for the bodies of the prophets, but your fathers put them to death.धिक्कार तिमीहरूलाई, किनभने तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ। तर ती अगमवक्ताहरू तिनै हुन् जसलाई तिम्रा पूर्खाहरूले मारेका थिए।
48 So you are witnesses and give approval to the work of your fathers; for they put them to death and you make their last resting-places.यसैले यो सिद्ध हुन्छ कि तिमीहरू तिम्रा पुर्खाहरूले गरेका कर्महरूमा सहमत भइरहेकाछौ। तिनीहरूले अगमवक्तहरूको हत्या गरे अनि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ।
49 For this reason the wisdom of God has said, I will send them prophets and teachers, and to some of them they will give death and cruel pains;यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।
50 So that punishment may come on this generation for the blood of all the prophets which was given from the earliest days;त्यसैले यो पृथ्वीको सृष्टिदेखि जति पनि अगमवक्ताहरू मरिए वर्तमान पुस्ताका तिमी मानिसहरू यसको निम्ति दण्डित हुनु पर्नेछ।
51 From the blood of Abel to the blood of Zachariah, who was put to death between the altar and the Temple. Yes, I say to you, It will come on this generation.हाबिल देखि जकरिया सम्म जसलाई वेदी र मन्दिर माझ मारिएको थियो तिनीहरू सबैको मृत्युका निम्ति हो। म तिमीहरूलाई भन्छु, आज जति पनि तिमी मानिसहरू बाँचिरहेकाछौ ती काण्डको लागि सबै दण्डित हुनेछौ।
52 A curse is on you, teachers of the law! for you have taken away the key of knowledge: you did not go in yourselves, and you got in the way of those who were going in.“धिक्कार तिमी व्यसथाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्यौ।”
53 And when he had come out of that place, the scribes and the Pharisees came round him angrily, questioning him about more things;जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे।
54 And watching him, for a chance to get something from his words which might be used against him.उहाँले केही भन्नु हुन्थ्यो कि भनेर तिनीहरूले जालमा फसाँउने चेष्टा गरे।
Nepali Bible