Isaiah 41 - WEB (Nepali)
1 Keep silence before me, islands; and let the peoples renew their strength: let them come near; then let them speak; let us come near together to judgment.परमप्रभुले भन्नुहुन्छ, “टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ। जातिहरू बालवान होऊ। मकहाँ आऊ र बोल। हामी साथ साथै भेट्नेछौं, अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।
2 Who has raised up one from the east, whom he calls in righteousness to his foot? he gives nations before him, and makes him rule over kings; he gives them as the dust to his sword, as the driven stubble to his bow.निम्न प्रश्नहरूका मलाई उत्तर देऊ जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो? धार्मिकता उसँग हिंड्दछ। उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ। तिनीहरू धूलोको जस्ता हुन्छन्। उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।
3 He pursues them, and passes on safely, even by a way that he had not gone with his feet.उसले सैन्यहरूको खेदो गर्दछ र कहिल्यै घाइते हुँदैन्। उ कहिल्यै नपुगेका ठाउँहरू पुग्दछ।
4 Who has worked and done it, calling the generations from the beginning? I, Yahweh, the first, and with the last, I am he.कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो? कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो? म, परमप्रभुले, यी कुराहरू गरे। म, परमप्रभु नै प्रथम मानिस हुँ, अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।
5 The isles have seen, and fear; the ends of the earth tremble; they draw near, and come.तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ। तिमीहरू सबै सुदूर ठाउँहरू, पृथ्वीमाथि डरले कम्पित हौ। यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्।” अनि तिनीहरू आए।
6 They help everyone his neighbor; and [every one] says to his brother, Be of good courage.“कर्मीहरू एकार्कामा सहयोग गर्छन आपस साथ निभाउँदछ। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्।
7 So the carpenter encourages the goldsmith, [and] he who smoothes with the hammer him who strikes the anvil, saying of the soldering, It is good; and he fastens it with nails, that is should not be moved.एकजना कर्मीले मूर्ति बनाउनलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिँन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, ‘यो काम असल हो, धातु आउने छैन्।’ त्यसपछि भूईंमा नखसोस् भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउँदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै हल्लिदैन।”
8 But you, Israel, my servant, Jacob whom I have chosen, the seed of Abraham my friend,परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ, याकूब मैले तिमीलाई रोजें। तिमी आब्राहाम परिवारका हौ। अनि म आब्राहामलाई प्रेम गर्दछु।
9 you whom I have taken hold of from the ends of the earth, and called from the corners of it, and said to you, You are my servant, I have chosen you and not cast you away;तिमी टाढा देशमा थियौ, तर म तिमीकहाँ पुगें मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ। मैले भने, ‘तिमी मेरो दास हौ।’ तिमीलाई रोजें। अनि मैले तिमीलाई रद्ध गरिनँ।
10 Don't you be afraid, for I am with you; don't be dismayed, for I am your God; I will strengthen you; yes, I will help you; yes, I will uphold you with the right hand of my righteousness.सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
11 Behold, all those who are incensed against you shall be disappointed and confounded: those who strive with you shall be as nothing, and shall perish.हेर, कतिपय मानिसहरू तिमीसँग रिसिएका छन्। तर तिनीहरू लज्जित हुनेछन्। तिम्रा शत्रुहरू हराउनेछन् र विलाई जानेछन्।
12 You shall seek them, and shall not find them, even those who contend with you: those who war against you shall be as nothing, and as a thing of nothing.तिमीले ती मानिसहरूलाई खोज्नेछौ जो तिम्रो विरोधीहरू थिए, तर तिमीले तिनीहरूलाई भेटाउन सक्ने छैनौ। ती मानिसहरू जो तिम्रो विरूद्ध लडे तिनीहरू पूर्ण रूपमा बिलाई जानेछन्।
13 For I, Yahweh your God, will hold your right hand, saying to you, Don't be afraid; I will help you.म परमप्रभु तिम्रो परमेश्वर हुँ। मैले तिम्रो दाहिने हात समाति रहेकोछु। अनि म तिमीलाई भन्दछु नडराऊ। म तिम्रो साथमा हुनेछु।
14 Don't be afraid, you worm Jacob, and you men of Israel; I will help you, says Yahweh, and your Redeemer is the Holy One of Israel.हे बहुमूल्य यहूदा, नडराऊ! मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ म साँच्चि नै तिमीहरूलाई सघाउने छु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो। इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए उहाँले ती कुराहरू भन्नुभयो
15 Behold, I have made you [to be] a new sharp threshing instrument having teeth; you shall thresh the mountains, and beat them small, and shall make the hills as chaff.“हेर, म तिमीलाई एक झाँटने उपकरण बनाउनेछु। त्यो उपकरण धेरै तीखा दाँतहरू भएका हुनेछन्, कृषकहरूले यो अन्न कुट्नलाई चलाउने छन् यसकारण तिनीहरूले अन्न देखि खोस्टा अलग्गै पार्नेछन्। तिमी पर्वतहरूमाथि कुल्चिँदै हिडनेछौ र तिनीहरूलाई धूलोपीठो पार्नेछौ। तिमीले पहाडहरूलाई छिल्काहरू जस्तो पार्नेछौ।
16 You shall winnow them, and the wind shall carry them away, and the whirlwind shall scatter them; and you shall rejoice in Yahweh, you shall glory in the Holy One of Israel.तिमीले तिनीहरूलाई बतास फ्याँकी दिनेछौ, अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ। तब तिमी परमप्रभुमा रमाहट हुनेछौ। तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।”
17 The poor and needy seek water, and there is none, and their tongue fails for thirst; I, Yahweh, will answer them, I, the God of Israel, will not forsake them.“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।
18 I will open rivers on the bare heights, and springs in the midst of the valleys; I will make the wilderness a pool of water, and the dry land springs of water.म सुक्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु। म झरनाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु। म पानीले भरिपूर्ण पार्नेछु मरूभूमिलाई तलाउमा परिर्वतन गर्नेछु। त्यहाँ सुख्खा भूमिहरूमा झरनाका पानी हुनेछ।
19 I will put in the wilderness the cedar, the acacia, and the myrtle, and the oil tree; I will set in the desert the fir tree, the pine, and the box tree together:देवदारूहरू मरूभूमिमा उम्रिनेछन्, त्यहाँ बबुलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्।
20 that they may see, and know, and consider, and understand together, that the hand of Yahweh has done this, and the Holy One of Israel has created it.मानिसहरूले ती कुराहरू हेर्नेछन्। अनि उनीहरूले बुझ्ने छन् कि यी सबै परमप्रभुकै शक्तिले भएका हुन्। मानिसहरूले यी कुराहरू देख्नेछन् अनि तिनीहरूले बुझ्न थाल्नेछन कि इस्राएलका पवित्र परमप्रभुले यी कुराहरू गरेका हुन्।”
21 Produce your cause, says Yahweh; bring forth your strong reasons, says the King of Jacob.परमप्रभु, याकूबका राजाले भन्नहुन्छ, “आऊ मलाई तिमीहरूका वाद-विवादहरू बताऊ। मलाई तिमीहरूका प्रमाणहरू देखाऊ, अनि हामी ती कुराहरू ठीक रहेछन् भनेर निर्णय गर्नेछौ।
22 Let them bring forth, and declare to us what shall happen: declare you the former things, what they are, that we may consider them, and know the latter end of them; or show us things to come.तिमीहरूका झूटा देवताहरू आउनु पर्छ अनि के भइरहेछ बताउनु पर्छ।“आदिमा के भयो? हामीलाई बताऊ। भविष्यमा के हुने हो? हामीलाई बताऊ। हामी एकदम ध्यान दिएर सुन्नेछौ। तब मात्र हामीहरू जान्नेछौ कि अर्को पल्ट के हुने हो।
23 Declare the things that are to come hereafter, that we may know that you are gods: yes, do good, or do evil, that we may be dismayed, and see it together.हामीलाई ती कुराहरू बताऊ जुन के हुने होला हामीले जान्नै पर्छ। तब तिमीहरू वास्तवमा देवताहरू नै हौ भनेर हामी विश्वास गर्ने छौ। केही त गर! जे पनि गर राम्रो वा नराम्रो। तब तिमी जीउँदो नै हौ भनेर हामी देख्नेछौ। अनि हामी तिमीलाई पछ्याउने छौं।
24 Behold, you are of nothing, and your work is of nothing; an abomination is he who chooses you.“हेर, झूटा देवताहरू, तिमीहरू वास्तवमा केही पनि होइनौ। तिमीहरू केही गर्न सक्तैनौ। केवल मूर्ख मानिसहरूले मात्र तिमीहरूलाई पुज्ने छन्।”
25 I have raised up one from the north, and he has come; from the rising of the sun one who calls on my name: and he shall come on rulers as on mortar, and as the potter treads clay.“मैले उत्तरबाट एकजना मानिसलाई माथि उठाउएको छु। उ पूर्वबाट आइरहेकोछ जहाँबाट सूर्य उदाउँछ। उसले मेरो आराधना गर्छ। एकजना कुमाले जसले भाँडा बनाउँछ, हिलो माटोमा हिडँछ। त्यस्तै प्रकारले त्यो मानिस राजाहरूलाई मिचेर हिँड्छ।”
26 Who has declared it from the beginning, that we may know? and before, that we may say, [He is] right? yes, there is none who declares, yes, there is none who shows, yes, there is none who hears your words.यस्तो हुन भन्दा अघि हामीलाई कसले भन्यो? हामीले उनलाई परमेश्वर भनेर घोषणा गर्नुपर्छ। के तिमीहरूको एउटै मूर्तिले यी कुराहरूको विषय भन्यो र? अहँ। ती कुनै पनि मूर्तिहरूले हामीलाई केही पनि भनेनन्। ती मूर्तिहरूले एउटा शब्द पनि भनेनन् अनि ती झुटा देवताहरूले तिमीले भनेका शब्दहरू सुन्न सक्तैनन्।
27 [I am the] first [who says] to Zion, Behold, behold them; and I will give to Jerusalem one who brings good news.सियोनका बारेमा ती कुराहरू भन्ने म, परमप्रभु, नै प्रथम ब्याक्ती थिएँ। मैले यो समाचार सहित यरूशलेममा सन्देशवाहकहरू पठाएँ “हेर, तिम्रा मानिसहरू फर्केर आइरहेछन्।”
28 When I look, there is no man: even among them there is no counselor who, when I ask of them, can answer a word.मैले ती झूटा देवताहरूमा हेरें। तिनीहरू केही भन्नलाई कोही पनि बुद्धिमानी थिएनन्। मैले तिनीहरूलाई प्रश्नहरू गरें तर तिनीहरूले एउटा शब्द पनि भनेनन्।
29 Behold, all of them, their works are vanity [and] nothing; their molten images are wind and confusion.ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्। ती मूर्तिहरू पूर्णत महत्वहीन छन्। तिनीहरूले केही गर्न सक्तैनन्।
Nepali Bible