Hosea 7:10 इस्राएलको अहंकारले आफ्नै विरूद्धमा साक्षी दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन न त उहाँको खोजी गर्दछन्।
Hosea 7:10 in Other Translations
King James Version (KJV) And the pride of Israel testifieth to his face: and they do not return to the LORD their God, nor seek him for all this.
American Standard Version (ASV) And the pride of Israel doth testify to his face: yet they have not returned unto Jehovah their God, nor sought him, for all this.
Bible in Basic English (BBE) And the pride of Israel gives an answer to his face; but for all this, they have not gone back to the Lord their God, or made search for him.
Darby English Bible (DBY) And the pride of Israel testifieth to his face; and they do not return to Jehovah their God, nor seek him for all this.
World English Bible (WEB) The pride of Israel testifies to his face; Yet they haven't returned to Yahweh their God, Nor sought him, for all this.
Young's Literal Translation (YLT) And humbled hath been the excellency of Israel to his face, And they have not turned back unto Jehovah their God, Nor have they sought Him for all this.
Read Full Chapter :
Hosea 7
Cross Reference
होशे 5:5
इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।
यशैया 9:13
परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्।
आमोस 4:6
“मनै हुँ जसले तिमीहरुलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरुलाई कुनै खानेकुरा दिइन। तिमीहरुका सबै शहरहरुमा अन्न थिएन तर तिमीहरु फर्किएनौ,”परमप्रभु यसो भन्नुहुन्छ।
हितोपदेश 27:22
मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।
यर्मिया 3:3
तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।
यर्मिया 8:5
यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन। तिनीहरू फर्की आउन अस्वीकार गर्छन।
यर्मिया 25:5
ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर।
भजनसंग्रह 10:4
दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।
होशे 6:1
“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।
होशे 7:7
तिनीहरू सबै चुलो झैं तातिन्छन् र आफ्ना शासकहरूलाई भस्म पार्छन्। तिनीहरूका सबै राजाहरू मारिए। तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”
जकरिया 1:4
परमप्रभु भन्नुहुन्छ, “तिमीहरुका पिता-पुर्खाहरु जस्तो नबन बितेका समयमा अगमवक्ताहरु तिनीहरुसित कुरा गर्थे। तिनीहरुले भने, ‘तिमीहरुले आफ्नो नराम्रो कु-कर्महरु छोडिदेऊ।’ तर तिमीहरुका पुर्खाहरुले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
रोमी 3:11
त्यहाँ कोही बुझकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन।
यर्मिया 35:15
मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, ‘तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।
भजनसंग्रह 14:2
परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर स्वर्गबाट तल हेर्नुहुन्छ। ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्।
भजनसंग्रह 53:2
त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ। परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ, जसले परमेश्वरलाई नै खोजिरहेछन्!