Bible

Hebrews 5 - WEB (Nepali)

1 For every high priest, being taken from among men, is appointed for men in things pertaining to God, that he may offer both gifts and sacrifices for sins.कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ।

2 The high priest can deal gently with those who are ignorant and going astray, because he himself is also surrounded with weakness.प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुइन नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्।

3 Because of this, he must offer sacrifices for sins for the people, as well as for himself.प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ।

4 Nobody takes this honor on himself, but he is called by God, just like Aaron was.प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफुले आफैलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।

5 So also Christ didn't glorify himself to be made a high priest, but it was he who said to him, "You are my Son. Today I have become your father."उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो“तिमी मेरा पुत्र हौ आजदेखि म तिम्रा पिता भएँ।” भजनसंग्रह 2छ7

6 As he says also in another place, "You are a priest forever, After the order of Melchizedek."धर्मशास्त्रको अर्को भागमा उहाँले भन्नुभयो“मल्कीसेदेक जस्तो तिमी सदा सदाको लागि पूजाहारी बन्ने छौ।”

7 He, in the days of his flesh, having offered up prayers and petitions with strong crying and tears to him who was able to save him from death, and having been heard for his godly fear,जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।

8 though he was a Son, yet learned obedience by the things which he suffered.येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो।

9 Having been made perfect, he became to all of those who obey him the author of eternal salvation,तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।

10 named by God a high priest after the order of Melchizedek.अनि परमेश्वरले मल्कीसेदेकलाई जस्तै येशूलाई प्रधान पूजाहारी बनाउनु भयो।

11 About him we have many words to say, and hard to interpret, seeing you have become dull of hearing.हामीले यसबारे तिमीहरूलाई धेरै कुरा भन्नुछ। तर तिमीहरूले सिकने इच्छा गरेनौ, तिमीहरूलाई यो बुझाउन खुबै कठिन भएको छ।

12 For when by reason of the time you ought to be teachers, you again need to have someone teach you the rudiments of the first principles of the oracles of God. You have come to need milk, and not solid food.वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन।

13 For everyone who lives on milk is not experienced in the word of righteousness, for he is a baby.दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन।

14 But solid food is for those who are full grown, who by reason of use have their senses exercised to discern good and evil.तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।

Nepali Bible