Bible

Genesis 3 - BBE (Nepali)

1 Now the snake was wiser than any beast of the field which the Lord God had made. And he said to the woman, Has God truly said that you may not take of the fruit of any tree in the garden?परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरु मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”

2 And the woman said, We may take of the fruit of the trees in the garden:त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरुको फल खान सक्छौं।

3 But of the fruit of the tree in the middle of the garden, God has said, If you take of it or put your hands on it, death will come to you.तर परमेश्वरले भन्नुभयो, ‘तिमीहरुले बर्गैचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरुले छुनु पनि हुँदैन, नत्र तिमीहरु मर्नेछौ।”

4 And the snake said, Death will not certainly come to you:तर सर्पले स्त्रीलाई भने, “तिमीहरु निश्चय मर्ने छैनौ।

5 For God sees that on the day when you take of its fruit, your eyes will be open, and you will be as gods, having knowledge of good and evil.परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरुले त्यस रुखको फल खान्छौ तिमीहरुको ज्ञान खोलिन्छ अनि तिमीहरु कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”

6 And when the woman saw that the tree was good for food, and a delight to the eyes, and to be desired to make one wise, she took of its fruit, and gave it to her husband.तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

7 And their eyes were open and they were conscious that they had no clothing and they made themselves coats of leaves stitched together.तब तिनीहरुले केही अनौठो अनुभव गरे। तिनीहरुले देखे तिनीहरु नाङ्गै थिए। यसर्थ तिनीहरुले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरु बनाए।

8 And there came to them the sound of the Lord God walking in the garden in the evening wind: and the man and his wife went to a secret place among the trees of the garden, away from the eyes of the Lord God.जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरु बगैंचाको रुखहरुमाझ लुके।

9 And the voice of the Lord God came to the man, saying, Where are you?परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”

10 And he said, Hearing your voice in the garden I was full of fear, because I was without clothing: and I kept myself from your eyes.तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”

11 And he said, Who gave you the knowledge that you were without clothing? Have you taken of the fruit of the tree which I said you were not to take?तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”

12 And the man said, The woman whom you gave to be with me, she gave me the fruit of the tree and I took it.त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”

13 And the Lord God said to the woman, What have you done? And the woman said, I was tricked by the deceit of the snake and I took it.तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?” तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”

14 And the Lord God said to the snake, Because you have done this you are cursed more than all cattle and every beast of the field; you will go flat on the earth, and dust will be your food all the days of your life:तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले तँलाई अन्य पशुहरु’ गाई-वस्तु र अरु सबै जंङ्गली पशुहरुलाईभन्दा अझै ज्यादा श्राप दिनेछु।” तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्।

15 And there will be war between you and the woman and between your seed and her seed: by him will your head be crushed and by you his foot will be wounded.म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”

16 To the woman he said, Great will be your pain in childbirth; in sorrow will your children come to birth; still your desire will be for your husband, but he will be your master.त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो,“जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”

17 And to Adam he said, Because you gave ear to the voice of your wife and took of the fruit of the tree which I said you were not to take, the earth is cursed on your account; in pain you will get your food from it all your life.त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,“जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।

18 Thorns and waste plants will come up, and the plants of the field will be your food;त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरु उमार्नेछ अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।

19 With the hard work of your hands you will get your bread till you go back to the earth from which you were taken: for dust you are and to the dust you will go back.तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

20 And the man gave his wife the name of Eve because she was the mother of all who have life.त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरुकी तिनी आमा हुन्।

21 And the Lord God made for Adam and for his wife coats of skins for their clothing.परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।

22 And the Lord God said, Now the man has become like one of us, having knowledge of good and evil; and now if he puts out his hand and takes of the fruit of the tree of life, he will go on living for ever.परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सँधैको निम्ति बाँच्नेछ। “

23 So the Lord God sent him out of the garden of Eden to be a worker on the earth from which he was taken.परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो।

24 So he sent the man out; and at the east of the garden of Eden he put winged ones and a flaming sword turning every way to keep the way to the tree of life.उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।

Nepali Bible