Acts 22:14 हननियाले भने, ‘हाम्रा पिता पुर्खाहरूका परमेश्वरले तिमीलाई उहाँको इच्छा जान्न, ती धार्मिकतालाई देख्ने अनि उहाँको मुखबाट शब्दहरू सुन्न पहिल्यै चुनिसक्नु भएको थियो।
Acts 22:14 in Other Translations
King James Version (KJV) And he said, The God of our fathers hath chosen thee, that thou shouldest know his will, and see that Just One, and shouldest hear the voice of his mouth.
American Standard Version (ASV) And he said, The God of our fathers hath appointed thee to know his will, and to see the Righteous One, and to hear a voice from his mouth.
Bible in Basic English (BBE) And he said, You have been marked out by the God of our fathers to have knowledge of his purpose, and to see the Upright One and to give ear to the words of his mouth.
Darby English Bible (DBY) And he said, The God of our fathers has chosen thee beforehand to know his will, and to see the just one, and to hear a voice out of his mouth;
World English Bible (WEB) He said, 'The God of our fathers has appointed you to know his will, and to see the Righteous One, and to hear a voice from his mouth.
Young's Literal Translation (YLT) and he said, The God of our fathers did choose thee beforehand to know His will, and to see the Righteous One, and to hear a voice out of his mouth,
he
ὁ
ho
oh
And
δὲ
de
thay
said,
εἶπεν
epō
APE-oh
The
Ὁ
ho
oh
God
θεὸς
theos
thay-OSE
τῶν
ho
oh
fathers hath
πατέρων
patēr
pa-TARE
of our
ἡμῶν
hēmōn
ay-MONE
chosen
προεχειρίσατό
procheirizomai
proh-hee-REE-zoh-may
thee,
σε
se
say
that thou shouldest know
γνῶναι
ginōskō
gee-NOH-skoh
τὸ
ho
oh
will,
θέλημα
thelēma
THAY-lay-ma
his
αὐτοῦ
autos
af-TOSE
and
καὶ
kai
kay
see
ἰδεῖν
eidō
EE-thoh
that
τὸν
ho
oh
Just One,
δίκαιον
dikaios
THEE-kay-ose
and
καὶ
kai
kay
shouldest hear
ἀκοῦσαι
akouō
ah-KOO-oh
the voice
φωνὴν
phōnē
foh-NAY
of
ἐκ
ek
ake
τοῦ
ho
oh
mouth.
στόματος
stoma
STOH-ma
his
αὐτοῦ
autos
af-TOSE
Read Full Chapter :
Acts 22
Cross Reference
प्रेरित 26:16
उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ।
1 कोरिन्थी 15:8
सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।
1 कोरिन्थी 9:1
म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हौ।
गलाती 1:12
मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैले मलाई यो प्रकट गर्नु भएको हो।
प्रेरित 9:17
यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाई, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”
प्रेरित 7:52
तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ।
प्रेरित 9:15
तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।
प्रेरित 3:13
होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ।
प्रेरित 22:18
मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन।’
दानियल 2:23
हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु। तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो। जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो। तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”
यूहन्ना 15:16
तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ।
प्रेरित 5:30
तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।
प्रेरित 13:17
इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो।
प्रेरित 24:14
तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु।
रोमी 1:1
ख्रीष्ट येशूको सेवक पावलबाट। परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ।
1 कोरिन्थी 11:23
तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो।
प्रस्थान 3:13
तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”
2 कोरिन्थी 5:21
ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
गलाती 1:15
तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।
2 तिमोथी 1:1
ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।
तीतस 1:1
परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ।
1 पत्रुस 2:22
“उनले पाप गरेनन्, अनि उनको मुखमा कुनै छलको कुरो पाइएन।”
1 यूहन्ना 2:1
मेरा प्रिय नानीहरु, म तिमीहरुलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरुले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।
1 कोरिन्थी 15:3
मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः
प्रस्थान 15:2
परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, अनि म उहाँको स्तुति गर्छु। परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ अनि म उहाँको आदर गर्छु।
2 राजा 21:22
आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।
1 इतिहास 12:17
दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हौ भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हौ भने, जब मैले केही नराम्रो गरेको छैन् तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्यौ भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
1 इतिहास 29:18
हे परमप्रभु तपाई हाम्रा पुर्खा अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ। कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्। तिनीहरूलाई तपाईप्रति धन्यवादीहुनमा सहायता गर्नुहोस्।
2 इतिहास 28:25
यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।
2 इतिहास 30:19
यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।”
एज्रा 7:27
परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।
यर्मिया 1:5
“मैले तिमीलाई तिम्रो आमाको गर्भमा गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजे।”