Bible

2 Samuel 6 - BBE (Nepali)

1 And David got together all the fighting-men of Israel to the number of thirty thousand;दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए।

2 And David, and all the people who were with him, went to Baal of Judah to get the ark of God, over which the holy name is named, the name of the Lord of armies, whose place is between the winged ones.तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाहिं यी परीहरूका माझमा राजा झै बस्नु भएको छ।

3 And they put the ark of God on a new cart and took it out of the house of Abinadab which was on the hill: and Uzzah and Ahio, the sons of Abinadab, were the drivers of the cart.पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।

4 And Uzzah went by the side of the ark, while Ahio went before it.यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडामा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडेर गाडालाई मार्ग प्रदर्शन गरे।

5 And David and all the men of Israel made melody before the Lord with all their power, with songs and with corded instruments and instruments of brass.दाऊद अनि इस्राएलीहरू नाच्दै र संगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा संगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंकुबाट काठका बाजाहरू अनि झ्यालीहरू थिए।

6 And when they came to Nacon's grain-floor, Uzzah put his hand on the ark of God to keep it safe in its place, for the oxen were out of control.जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडा तान्ने ठेस् खाए। गाडामा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लडनदेखि रक्षा गरे।

7 And the wrath of the Lord, burning against Uzzah, sent destruction on him because he had put his hand on the ark, and death came to him there by the ark of God.तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो।

8 And David was angry because of the Lord's outburst of wrath against Uzzah: and he gave that place the name Perez-uzzah, which is its name to this day.दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभु द्वारा उज्जया मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ।

9 And such was David's fear of the Lord that day, that he said, How may I let the ark of God come to me?त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?”

10 So David did not let the ark of the Lord come back to him to the town of David: but had it turned away and put into the house of Obed-edom the Gittite.दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे।

11 And the ark of the Lord was in the house of Obed-edom the Gittite for three months: and the Lord sent a blessing on Obed-edom and all his family.उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।

12 And they said to King David, The blessing of the Lord is on the family of Obed-edom and on all he has, because of the ark of God. And David went and took the ark of God from the house of Obed-edom into the town of David with joy.पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए।

13 And when those who were lifting the ark of the Lord had gone six steps, he made an offering of an ox and a fat young beast.जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए।

14 And David, clothed in a linen ephod, was dancing before the Lord with all his strength.परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।

15 So David and all the men of Israel took up the ark of the Lord with cries of joy and sounding of horns.दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले।

16 And when the ark of the Lord came into the town of David, Michal, Saul's daughter, looking out of the window, saw King David dancing and jumping before the Lord; and to her mind he seemed foolish.शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिनन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ।

17 And they took in the ark of the Lord, and put it in its place inside the tent which David had put up for it: and David made burned offerings and peace-offerings to the Lord.दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।

18 And after David had made the burned offerings and the peace-offerings, he gave the people a blessing in the name of the Lord of armies.होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए।

19 And he gave to every man and woman among all the people, among all the masses of Israel, a cake of bread and a measure of wine and a cake of dry grapes. Then all the people went away, every man to his house.प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।

20 Then David came back to give a blessing to his family. And Michal, Saul's daughter, came out to him and said, How full of glory was the king of Israel today, who let himself be seen uncovered by his servant-girls like a foolish person uncovering himself without shame!दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेटून आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”

21 And David said to Michal, I was dancing before the Lord, who put me over your father and all his sons, to make me a ruler over the people of the Lord, over his people Israel: and I will go on playing before the Lord;तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु।

22 And I will do even worse than this, and make myself even lower in your eyes: but the servant-girls of whom you were talking will give me honour.म यी कुराहरू गर्नेछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर स्त्रीहरू जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”

23 And Michal, Saul's daughter, had no child till the day of her death.शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।

Nepali Bible