2 Chronicles 30 - ASV (Nepali)
1 And Hezekiah sent to all Israel and Judah, and wrote letters also to Ephraim and Manasseh, that they should come to the house of Jehovah at Jerusalem, to keep the passover unto Jehovah, the God of Israel.राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।
2 For the king had taken counsel, and his princes, and all the assembly in Jerusalem, to keep the passover in the second month.उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए।
3 For they could not keep it at that time, because the priests had not sanctified themselves in sufficient number, neither had the people gathered themselves together to Jerusalem.तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किन? किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्।
4 And the thing was right in the eyes of the king and of all the assembly.त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो।
5 So they established a decree to make proclamation throughout all Israel, from Beer-sheba even to Dan, that they should come to keep the passover unto Jehovah, the God of Israel, at Jerusalem: for they had not kept it in great numbers in such sort as it is written.यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए।
6 So the posts went with the letters from the king and his princes throughout all Israel and Judah, and according to the commandment of the king, saying, Ye children of Israel, turn again unto Jehovah, the God of Abraham, Isaac, and Israel, that he may return to the remnant that are escaped of you out of the hand of the kings of Assyria.यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोःइस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ।
7 And be not ye like your fathers, and like your brethren, who trespassed against Jehovah, the God of their fathers, so that he gave them up to desolation, as ye see.तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरूद्ध फर्के यसर्थ परमप्रभुले मानिसहरूलाई तिनीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराम्रो भन्ने बनाइदिनु भयो। तिमीहरू तिमीहरूका आफ्नै आँखाले देख्न सक्छौ कि यो साँचो हो।
8 Now be ye not stiffnecked, as your fathers were; but yield yourselves unto Jehovah, and enter into his sanctuary, which he hath sanctified for ever, and serve Jehovah your God, that his fierce anger may turn away from you.तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीठ नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा पवित्र स्थानलाई संधैका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ।
9 For if ye turn again unto Jehovah, your brethren and your children shall find compassion before them that led them captive, and shall come again into this land: for Jehovah your God is gracious and merciful, and will not turn away his face from you, if ye return unto him.यदि तिमीहरू फर्की आयौ भने अनि परमप्रभुको आज्ञा पालन गर्यौ भने, तब तिम्रा आफन्तहरू अनि तिम्रा केटा केटीहरूले ती मानिसहरूबाट दया पाउने छन् जसले तिनीहरूलाई कैद गरे। अनि तिम्रा आफन्तहरू अनि तिम्रो केटा-केटीहरू यो देशमा फर्की आउने छन्। परमप्रभु तिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्की आयौ भने।
10 So the posts passed from city to city through the country of Ephraim and Manasseh, even unto Zebulun: but they laughed them to scorn, and mocked them.संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए।
11 Nevertheless certain men of Asher and Manasseh and of Zebulun humbled themselves, and came to Jerusalem.तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।
12 Also upon Judah came the hand of God to give them one heart, to do the commandment of the king and of the princes by the word of Jehovah.यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
13 And there assembled at Jerusalem much people to keep the feast of unleavened bread in the second month, a very great assembly.धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो।
14 And they arose and took away the altars that were in Jerusalem, and all the altars for incense took they away, and cast them into the brook Kidron.ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्राने बेंसीमा फ्याँकि दिए।
15 Then they killed the passover on the fourteenth `day' of the second month: and the priests and the Levites were ashamed, and sanctified themselves, and brought burnt-offerings into the house of Jehovah.त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौदौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए।
16 And they stood in their place after their order, according to the law of Moses the man of God: the priests sprinkled the blood `which they received' of the hand of the Levites.तिनीहरूले मोशा, परमेश्वरको व्यक्तिका व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए। तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।
17 For there were many in the assembly that had not sanctified themselves: therefore the Levites had the charge of killing the passovers for every one that was not clean, to sanctify them unto Jehovah.त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्ममा लेवीहरू थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
18 For a multitude of the people, even many of Ephraim and Manasseh, Issachar and Zebulun, had not cleansed themselves, yet did they eat the passover otherwise than it is written. For Hezekiah had prayed for them, saying, The good Jehovah pardon every oneएप्रैम, मनश्शे, इस्साकार अनि जबूलूनका धेरै मानिसहरूले स्वयमलाई निस्तार चाडका निम्ति उचित ढङ्गले तयार पारेका थिएनन्। तिनीहरूले मोशाको व्यवस्थामा भनेको प्रकारले ठीक ढङ्गले निस्तार चाड मनाएनन्। तर हिजकियाहले ती मानिसहरूका निम्ति प्रार्थना गरे।
19 that setteth his heart to seek God, Jehovah, the God of his fathers, though `he be' not `cleansed' according to the purification of the sanctuary.यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।”
20 And Jehovah hearkened to Hezekiah, and healed the people.परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो।
21 And the children of Israel that were present at Jerusalem kept the feast of unleavened bread seven days with great gladness; and the Levites and the priests praised Jehovah day by day, `singing' with loud instruments unto Jehovah.यरूशलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लाएर प्रतिदिन परमप्रभुको स्तुति गरे।
22 And Hezekiah spake comfortably unto all the Levites that had good understanding `in the service' of Jehovah. So they did eat throughout the feast for the seven days, offering sacrifices of peace-offerings, and making confession to Jehovah, the God of their fathers.राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
23 And the whole assembly took counsel to keep other seven days; and they kept `other' seven days with gladness.समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउदा तिनीहरू अति प्रसन्न रहे।
24 For Hezekiah king of Judah did give to the assembly for offerings a thousand bullocks and seven thousand sheep; and the princes gave to the assembly a thousand bullocks and ten thousand sheep: and a great number of priests sanctified themselves.हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे।
25 And all the assembly of Judah, with the priests and the Levites, and all the assembly that came out of Israel, and the sojourners that came out of the land of Israel, and that dwelt in Judah, rejoiced.यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए।ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए।
26 So there was great joy in Jerusalem; for since the time of Solomon the son of David king of Israel there was not the like in Jerusalem.यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन।
27 Then the priests the Levites arose and blessed the people: and their voice was heard, and their prayer came up to his holy habitation, even unto heaven.पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।
Nepali Bible