Bible

1 Chronicles 22 - WEB (Nepali)

1 Then David said, This is the house of Yahweh God, and this is the altar of burnt-offering for Israel.दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”

2 David commanded to gather together the foreigners who were in the land of Israel; and he set masons to hew worked stones to build the house of God.दाऊदले इस्राएलमा बस्ने सबै विदेशीहरूलाई एकसाथ भेला हुने आदेश दिए। दाऊदले विदेशीहरूबाट ढुंङ्गा काट्नेहरू मानिसहरु छाने। तिनीहरूको काम परमेश्वरको मन्दिर बनाउनका निम्ति ढुंङ्गा काटेर तयार गर्ने थियो।

3 David prepared iron in abundance for the nails for the doors of the gates, and for the couplings; and brass in abundance without weight;दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रचुर काँसा ल्याए।

4 and cedar trees without number: for the Sidonians and they of Tyre brought cedar trees in abundance to David.अनि दाऊदले गिन्ती गर्न नसकिने हिसाबमा देवदारूका मूढाहरू ल्याए। सीदोन अनि सोर शहरका मानिहरूले पनि दाऊद कहाँ धेरै देवदारूका मूढाहरू ल्याए।

5 David said, Solomon my son is young and tender, and the house that is to be built for Yahweh must be exceedingly magnificent, of fame and of glory throughout all countries: I will therefore make preparation for it. So David prepared abundantly before his death.दाऊदले भने, “हाम्रा परमप्रभुको निम्ति हामीले अत्यन्त विशाल मन्दिर बनाउनु पर्छ। तर मेरो छोरा सुलेमान सानै छ यसर्थ त्यसले ती कुराहरू सिकेको छैन जो त्यसले जान्नु पर्छ। परमप्रभुको मन्दिर अत्यन्त विशाल हुनु पर्छ। यो यसको विशाल अनि सुन्दरताको निम्ति सबै राष्ट्रहरूमा प्रसिद्ध अनि उज्जवल हुनुपर्छ। त्यसै कारण म परमप्रभुको मन्दिर निर्माण गर्नको लागि योजनाहरू बनाउने छु।” यसकारण उनको मृत्यु अघि दाऊदले मन्दिर निमार्णको निम्ति धेरै योजनाहरू बनाए र सामग्रीहरू दिए।

6 Then he called for Solomon his son, and charged him to build a house for Yahweh, the God of Israel.त्यस पछि दाऊदले आफ्ना छोरा सुलेमानलाई बोलाए उनलाई इस्राएलका परमप्रभु परमेश्वरको निम्ति मन्दिर बनाउँनु भने।

7 David said to Solomon his son, As for me, it was in my heart to build a house to the name of Yahweh my God.दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउन चाहन्थें।

8 But the word of Yahweh came to me, saying, You have shed blood abundantly, and have made great wars: you shall not build a house to my name, because you have shed much blood on the earth in my sight.तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैंले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउन सक्तैनस्।

9 Behold, a son shall be born to you, who shall be a man of rest; and I will give him rest from all his enemies round about; for his name shall be Solomon, and I will give peace and quietness to Israel in his days:तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु।

10 he shall build a house for my name; and he shall be my son, and I will be his father; and I will establish the throne of his kingdom over Israel for ever.सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछुन्। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।”‘

11 Now, my son, Yahweh be with you; and prosper you, and build the house of Yahweh your God, as he has spoken concerning you.दाऊदले यो पनि भने अब छोरा, “परमप्रभु तेरो साथ रहून्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर।

12 May Yahweh give you discretion and understanding, and put you in charge of Israel; that so you may keep the law of Yahweh your God.जसरी पनि परमप्रभुले तपाईंलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्।

13 Then shall you prosper, if you observe to do the statutes and the ordinances which Yahweh gave Moses concerning Israel. Be strong, and of good courage. Don't be afraid, neither be dismayed.यदि तैंले होशियारी साथ ती नियम अनि व्यवस्थाहरू पालन गरिस भने, परमप्रभुले मोशालाई जो दिनु भएको थियो, तैंले त्यो सफलता प्राप्त गर्ने छस्। बलवान र साहसी बन। नडरा निरूत्साहित नहो।

14 Now, behold, in my affliction I have prepared for the house of Yahweh one hundred thousand talents of gold, and one thousand thousand talents of silver, and of brass and iron without weight; for it is in abundance: timber also and stone have I prepared; and you may add to them.“सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडासुन दिएको छु। अनि लगभग दश लाख तोडाचाँदी दिएको छु। मैले यतिबिघ्न काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्।

15 There are also workmen with you in abundance, cutters and workers of stone and timber, and all kinds of men who are skillful in every kind of work:तँसित धेरै कारीगरहरू, डकर्मीहरू अनि सिकर्मीहरू छन्। तँसित हरेक प्रकारको काम गर्न सिपालु मानिसहरू छन्।

16 of the gold, the silver, and the brass, and the iron, there is no number. Arise and be doing, and Yahweh be with you.तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिंदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहून्।”

17 David also commanded all the princes of Israel to help Solomon his son, [saying],तब दाऊदले इस्राएलका समस्त अगुवाहरूलाई तिनका छोरा सुलेमानलाई सहायता गर्नु भनी आदेश दिए।

18 Isn't Yahweh your God with you? Hasn't he given you rest on every side? for he has delivered the inhabitants of the land into my hand; and the land is subdued before Yahweh, and before his people.दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्।

19 Now set your heart and your soul to seek after Yahweh your God; arise therefore, and build the sanctuary of Yahweh God, to bring the ark of the covenant of Yahweh, and the holy vessels of God, into the house that is to be built to the name of Yahweh.अब तिमीहरूको तन मन अनि धन परमप्रभु तिम्रा परमेश्वर प्रति लगाऊ, अनि उहाँले भन्नु भएका कामहरू गर। परमप्रभु परमेश्वरको पवित्र स्थान र परमप्रभुको निम्ति मन्दिर निर्माण गर। त्यस पछि करारको सन्दूक अनि अन्य सबै पवित्र बस्तुहरू मन्दिरमा ल्याओ।”

Nepali Bible