Numbers 2 - YLT (Nepali)
1 And Jehovah speaketh unto Moses, and unto Aaron, saying,मोशा र हारूनलाई परमप्रभुले भन्नुभयोः
2 `Each by his standard, with ensigns of the house of their fathers, do the sons of Israel encamp; over-against round about the tent of meeting they encamp.'“इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।
3 And those encamping eastward towards the sun-rising, `are of' the standard of the camp of Judah, by their hosts; and the prince of the sons of Judah `is' Nahshon, son of Amminadab;“यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो।
4 and his host, and their numbered ones, `are' four and seventy thousand and six hundred.तिनको दलमा 74,600 मानिसहरू छन्।
5 And those encamping by him `are of' the tribe of Issachar; and the prince of the sons of Issachar `is' Nethaneel son of Zuar;“तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।
6 and his host, and its numbered ones, `are' four and fifty thousand and four hundred.उसको दलमा 54,400 मानिसहरू छन्।
7 The tribe of Zebulun; and the prince of the sons of Zebulun `is' Eliab son of Helon;“जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र,
8 and his host, and its numbered ones, `are' seven and fifty thousand and four hundred;तिनको दलमा 57,400 मानिसहरू थिए।
9 all those numbered of the camp of Judah `are' a hundred thousand, and eighty thousand, and six thousand, and four hundred, by their hosts; they journey first.“यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।
10 The standard of the camp of Reuben `is' southward, by their hosts; and the prince of the sons of Reuben `is' Elizur son of Shedeur;“रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन र
11 and his host, and its numbered ones, `are' six and forty thousand and five hundred.उसको दलमा 46,500 मानिसहरू छन्।
12 And those encamping by him `are of' the tribe of Simeon; and the prince of the sons of Simeon `is' Shelumiel son of Zurishaddai;“शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्दैको छोरो शलूमीएल हुन्।
13 and his host, and their numbered ones, `are' nine and fifty thousand and three hundred.उसको दलमा 59,300 जना मानिसहरू छन्।
14 And the tribe of Gad; and the prince of the sons of Gad `is' Eliasaph son of Reuel;“रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।
15 and his host, and their numbered ones, `are' five and forty thousand and six hundred and fifty.उसको दलमा 45,650 मानिसहरू छन्।
16 All those numbered of the camp of Reuben `are' a hundred thousand, and one and fifty thousand, and four hundred and fifty, by their hosts; and they journey second.“त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा सर्छन रूबेनको शिविर दोस्रो दल हुनेछ।
17 And the tent of meeting -- the camp of the Levites -- hath journeyed in the midst of the camps; as they encamp so they journey, each at his station by their standards.“लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।
18 The standard of the camp of Ephraim, by their hosts, `is' westward; and the prince of the sons of Ephraim `is' Elishama son of Ammihud;“पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन।
19 and his host, and their numbered ones, `are' forty thousand and five hundred.उसको दलमा जम्मा 40,500 जना मानिसहरू छन्।
20 And by him `is' the tribe of Manasseh; and the prince of the sons of Manasseh `is' Gamaliel son of Pedahzur;“एप्रैमका कुल दलको शिविरको नजीकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन।
21 and his host, and their numbered ones, `are' two and thirty thousand, and two hundred.उसको दलमा 32,200 मानिसहरू छन्।
22 And the tribe of Benjamin; and the prince of the sons of Benjamin `is' Abidan son of Gideoni;“बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन।
23 and his host, and their numbered ones, `are' five and thirty thousand and four hundred.त्यहाँ जम्मा 35,400 जना मानिसहरू उसको दलमा थिए।
24 All those numbered of the camp of Ephraim `are' a hundred thousand, and eight thousand, and a hundred, by their hosts; and they journey third.“एप्रैमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंडछ तिनीहरू तेस्रो लस्करमा हिड्नेछन्।
25 The standard of the camp of Dan `is' northward, by their hosts; and the prince of the sons of Dan `is' Ahiezer son of Ammishaddai;“उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्दैको छोरो अहीएजर हुन।
26 and his host, and their numbered ones, `are' two and sixty thousand and seven hundred.उसको दलमा 62,700 जना मानिसहरू छन्।
27 And those encamping by him `are of' the tribe of Asher; and the prince of the sons of Asher `is' Pagiel son of Ocran;“दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्।
28 and his host, and their numbered ones, `are' one and forty thousand and five hundred.त्यहाँ उसको दलमा 41,500 मानिसहरू छन्।
29 And the tribe of Naphtali; and the prince of the sons of Naphtali `is' Ahira son of Enan;“अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्।
30 and his host, and their numbered ones, `are' three and fifty thousand and four hundred.त्यहाँ उसको दलमा 53,400 मानिसहरू छन्।
31 All those numbered of the camp of Dan `are' a hundred thousand, and seven and fifty thousand, and six hundred; at the rear they journey, by their standards.“दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिड्नेछन्।”
32 These `are' those numbered of the sons of Israel by the house of their fathers; all those numbered of the camps by their hosts `are' six hundred thousand, and three thousand, and five hundred and fifty.इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो।
33 And the Levites have not numbered themselves in the midst of the sons of Israel, as Jehovah hath commanded Moses.परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन।
34 And the sons of Israel do according to all that Jehovah hath commanded Moses; so they have encamped by their standards, and so they have journeyed; each by his families, by the house of his fathers.यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।
Nepali Bible