Bible

Hebrews 3 - BBE (Nepali)

1 For this reason, holy brothers, marked out to have a part in heaven, give thought to Jesus the representative and high priest of our faith;यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ।

2 Who kept faith with God who gave him his place, even as Moses did in all his house.परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।

3 And it was right for this man to have more honour than Moses, even as the builder of a house has more honour than the house.यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।

4 For every house has a builder; but the builder of all things is God.हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।

5 And Moses certainly kept faith as a servant, in all his house, and as a witness of those things which were to be said later;परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।

6 But Christ as a son, over his house; whose house are we, if we keep our hearts fixed in the glad and certain hope till the end.तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।

7 And so, as the Holy Spirit says, Today if you let his voice come to your ears,त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,

8 Be not hard of heart, as when you made me angry, on the day of testing in the waste land,अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।

9 When your fathers put me to the test, and saw my works for forty years.चालिस र्वषसम्म मरूभूमिमा मैले के के गरें त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।

10 So that I was angry with this generation, and I said, Their hearts are in error at all times, and they have no knowledge of my ways;त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सँधै गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’

11 And being angry I made an oath, saying, They may not come into my rest.त्यसैले म रिसाएँ र शपथ लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।”‘

12 My brothers, take care that there is not by chance in any one of you an evil heart without belief, turning away from the living God:त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।

13 But give comfort to one another every day as long as it is still Today; so that no one among you may be made hard by the deceit of sin:तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्।

14 For if we keep the substance of the faith which we had at the start, even till the end, we have a part with Christ;हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।

15 As it is said, Today if you will let his voice come to your ears, be not hard of heart, as when you made him angry.धर्मशास्त्रले भनेको छ“यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्दछौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।”

16 Who made him angry when his voice came to them? was it not all those who came out of Egypt with Moses?ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।

17 And with whom was he angry for forty years? was it not with those who did evil, who came to their deaths in the waste land?अनि परमेश्वर तिनीहरूसंग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।

18 And to whom did he make an oath that they might not come into his rest? was it not to those who went against his orders?अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।

19 So we see that they were not able to go in because they had no belief.यसकारण हामी बुझछौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।

Nepali Bible