Bible

2 Chronicles 23 - BBE (Nepali)

1 In the seventh year, Jehoiada made himself strong, and made an agreement with the captains of hundreds, Azariah, the son of Jeroham, Ishmael, the son of Jehohanan, Azariah, the son of Obed, Maaseiah, the son of Adaiah, and Elishaphat, the son of Zichri.छःवर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिक्रीका छोरा एलीशापात थिए।

2 And they went through Judah, getting together the Levites and the heads of families in Israel from all the towns of Judah, and they came to Jerusalem.तिनीहरू यहूदाका चारैतिर गए अनि यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई भेला गरे। तिनीहरूले इस्राएलका परिवारहरूका प्रमुखहरूलाई पनि भेला गरे। त्यस पछि तिनीहरू यरूशलेम गए।

3 And all the people made an agreement with the king in the house of God. And he said to them, Truly, the king's son will be king, as the Lord has said about the sons of David.एकसाथ भेला भएका सबै मानिसहरूले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे।यहोयादाले ती मानिसहरूलाई भने, “राजाका छोराले शासन गर्ने छन्। त्यो यही प्रतिज्ञा हो जो परमप्रभुले दाऊदका सन्तानका बारेमा गर्नु भएको थियो।

4 This is what you are to do: let a third of you, of the priests and Levites, who come in on the Sabbath, keep the doors;अब तिमीहरूले गर्नु पर्ने यही होः तिमीहरू मध्ये एक तिहाइ पूजाहारी अनि लेवीहरू जो विश्रामको दिनमा काममा जान्छन्, तिनीहरूले द्वारहरूको रक्षा गर्ने छन्।

5 And a third are to be stationed at the king's house; and a third at the doorway of the horses: while all the people are waiting in the open spaces round the house of the Lord.अनि तिमीहरू मध्ये एक-तिहाइ राज महलमा रहने छौ। अनि तिमीहरू मध्ये एक-तिहाइ घडेरी-द्वारमा रहने छौ। तर सबै अन्य मानिसहरू परमप्रभुको मन्दिरको आँगनमा बस्नु पर्ने छ।

6 But let no one come into the house of the Lord but only the priests and those of the Levites who have work to do there; they may go in for they are holy; but the rest of the people are to keep the orders of the Lord.कुनै पनि मानिसलाई परमप्रभुको मन्दिर भित्र आउन नदिनु। केवल पूजाहारी अनि लेवीहरू, जो सेवा गर्छन्, तिनीहरूलाई मन्दिर भित्र आउने अनुमति छ, किनभने तिनीहरू पवित्र छन्। तर अन्य सबै मानिसहरूले तिनीहरूलाई परमप्रभुले दिनु भएको काम गर्नु पर्छ।

7 And the Levites are to make a circle round the king, every man being armed; and any man who comes into the house is to be put to death; you are to keep with the king when he comes in and when he goes out.लेवीहरू राजाको समीपमा बस्नु पर्छ। हरेक मानिससँग आफ्नो तरवार हुनु पर्छ। यदि कोही व्यक्ति मन्दिर भित्र पस्ने चेष्टा गर्छ भने त्यस व्यक्तिलाई मारि दिनु। तिनी जहाँ कही गए ता पनि तिमीहरू राजाको साथ रहनु पर्छ।”

8 So the Levites and all Judah did as Jehoiada the priest had given them orders: every one took with him his men, those who were to come in and those who were to go out on the Sabbath; for Jehoiada had not sent away the divisions.लेवीहरू अनि यहूदाका सबै मानिसहरूले पूजाहारी यहोयादाले दिएका आदेशहरू पालन गरे। यसकारण प्रत्येक कप्तान र सबै मानिसहरू दिनमा तिनीहरूले काम गर्नु पर्छ कि पर्दैन भने सूचना सुन्न भित्र आए, किनभने पूजाहारी यहोयादले केही पनि तिनीहरूको समूहहरूलाई पदयाच्युत गराएका थिए।

9 Then Jehoiada the priest gave to the captains of hundreds the spears and body-covers which had been King David's and which were kept in the house of God.पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए।

10 And he put all the people in position, every man with his instruments of war in his hand, from the right side of the house to the left, by the altar and the house and all round the king.तब यहोयादाले मानिसहरूलाई कहाँ उभिनु पर्ने सो बताए। प्रत्येक मानिसको हातमा आफ्ना हतियार थिए। ती मानिसहरू मन्दिरको दाहिने देखि मन्दिरको देब्रे सम्म उभिएका थिए। तिनीहरू वेदीका अनि मन्दिरको नजिक र राजाका नजिकमा उभिएका थिए।

11 Then they made the king's son come out, and they put the crown on his head and gave him the arm-bands and made him king: and Jehoiada and his sons put the holy oil on him and said, Long life to the king.तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”

12 Now Athaliah, hearing the noise of the people running and praising the king, came to the people in the house of the Lord:अतल्याहले मानिसहरू मन्दिर तर्फ दगुरेका अनि राजाको प्रशंसा गरेको आवाज सुनिन्। तिनी परमप्रभुको मन्दिरमा मानिसहरू कहाँ आइन्।

13 And looking, she saw the king in his place by the pillar at the doorway, and the captains and the horns by his side; and all the people of the land were giving signs of joy and sounding the horns; and the makers of melody were playing on instruments of music, taking the chief part in the song of praise. Then Athaliah, violently parting her robes, said, Broken faith, broken faith!तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेको थियो। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”

14 Then Jehoiada the priest gave orders to the captains of hundreds who had authority over the army, saying, Take her outside the lines, and let anyone who goes after her be put to death with the sword. For the priest said, Let her not be put to death in the house of the Lord.पूजाहारी यहोयादाले सेना नायकहरूलाई बाहिर ल्याए। तिनले तिनीहरूलाई भने, “अतल्याहलाई बाहिर सेनाको माझ लैजाऊ। तिनलाई जोकोहिले पछ्याउँछ त्यसलाई मार्न तिमीहरूको तरवार प्रयोग गर।” तब पूजाहारीले सैनिकहरूलाई चेतावनी दिए, “अतल्याहलाई परमप्रभुको मन्दिरमा नमार्नु।”

15 So they put their hands on her, and she went to the king's house by the doorway of the king's horses; and there she was put to death.तब मानिसहरूले राजमहलको घोडा-द्वारमा आउँदा तिनलाई पक्रिए जुन चाहिं एउटा राज महलको प्रेवशद्वार हो। तब तिनीहरूले तिनलाई तत्‌कालै त्यही स्थानमा मारिदिए।

16 And Jehoiada made an agreement between the Lord and all the people and the king, that they would be the Lord's people.तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्।

17 Then all the people went to the house of Baal and had it pulled down, and its altars and images broken up; and Mattan, the priest of Baal, they put to death before the altars.सबै मानिसहरू बाल मूर्तिका मन्दिरमा गए अनि त्यसलाई फोडि दिए। तिनीहरूले बाल मन्दिरमा भएका वेदीहरू अनि मूर्तिहरू पनि भत्काइदिए। तिनीहरूले बालका पुरोहित मातानलाई बाल वेदीहरूको सामुन्ने मारे।

18 And Jehoiada put the work and the care of the house of the Lord into the hands of the priests and the Levites, who had been grouped in divisions by David to make burned offerings to the Lord, as it is recorded in the law of Moses, with joy and song as David had said.तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे।

19 And he put door-keepers at the doors of the Lord's house, to see that no one who was unclean in any way might come in.यहोयादाले परमप्रभुको मन्दिरको द्वारमा रक्षकहरू राखेका थिए। यसकारण एउटा व्यक्ति जो अशुद्ध थियो भने मन्दिरभित्र पस्न पाउँदैन थियो।

20 Then he took the captains of hundreds and the chiefs and the rulers of the people and all the people of the land, and they came down with the king from the house of the Lord through the higher doorway into the king's house, and put the king on the seat of the kingdom.यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए।

21 So all the people of the land were glad and the town was quiet, for they had put Athaliah to death with the sword.यहूदिका सबै मानिसहरू अत्यन्त आनन्दित थिए। अनि यरूशलेम शहरमा शान्ति थियो किनभने अतल्याहलाई तरवारद्वारा मारिएको थियो।योआशले फेरि मन्दिर निर्माण गर्छन्

Nepali Bible