Base Word
הֶבֶל
Short Definitionemptiness or vanity; figuratively, something transitory and unsatisfactory; often used as an adverb
Long Definitionvapour, breath
Derivationor (rarely in the abs.) הֲבֵל; from H1891
International Phonetic Alphabethɛˈbɛl
IPA modhɛˈvɛl
Syllablehebel
Dictionheh-BEL
Diction Modheh-VEL
Usage× altogether, vain, vanity
Part of speechn-m

Deuteronomy 32:21
तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन् तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए। म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्। म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।

1 Kings 16:13
बाशा र उनको छोरा एलाको पापले गर्दा यस्तो भयो। तिनीहरूले पापको काम गरे अनि इस्राएली मानिसहरूलाई पनि पाप गर्न लगाए। परमप्रभु रिसाउनु भयो किनभने तिनीहरूसँग देवमूर्तिहरू थिए।

1 Kings 16:26
उनले त्यही पाप गरे जुन नबातका छोरा यारोबामले गरेका थिए। यारोबामले इस्राएली मानिसहरूलाई पाप गर्न लगाए। यसकारण तिनीहरूले इस्राएलका परमप्रभु परमेश्वरलाई रीस उठाए। परमप्रभु रिसाउनुभो किनभने तिनीहरूले अर्थहीन मूर्तिहरूको पूजा गरे।

2 Kings 17:15
मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसंग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफै पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो।

Job 7:16
म आफ्नो जीवनलाई घृणा गर्छु। म चीरकालसम्म बाँच्न चाहन्न। मलाई एक्लै छाडी दिनुहोस् मेरो जीवनको अर्थ नै छैन।

Job 9:29
यदि म दोषी ठहरी सकेको छु भने आफ्नो परीक्षा किन गरिरहने। म भन्छु, ‘यो भुलिदेऊ।’

Job 21:34
त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”

Job 27:12
तिमीहरूले परमेश्वरको शक्ति आफ्नै आँखाले देख्यौ। यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौ?

Job 35:16
यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे। अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफै जान्दैन भनी बुझ्न सजिलै छ।”

Psalm 31:6
म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु। म परमप्रभुमा मात्र भरोसा गर्छु।

Occurences : 73

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்