Bible

Ruth 3 - WEB (Nepali)

1 Naomi her mother-in-law said to her, My daughter, shall I not seek rest for you, that it may be well with you?तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकूँ। त्यो तिम्रो निम्ति असल हुनेछ।

2 Now isn't Boaz our kinsman, with whose maidens you were? Behold, he winnows barley tonight in the threshing floor.सम्भवत बोअज नै सही व्यक्ती हुन सक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्।

3 Wash yourself therefore, and anoint you, and put your clothing on you, and get you down to the threshing floor, but don't make yourself known to the man, until he shall have done eating and drinking.“जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्।

4 It shall be, when he lies down, that you shall mark the place where he shall lie, and you shall go in, and uncover his feet, and lay you down; and he will tell you what you shall do.तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमीले देख्न सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।”

5 She said to her, All that you say I will do.तब रूथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”

6 She went down to the threshing floor, and did according to all that her mother-in-law bade her.यसर्थ रूथ तल ढीकी कुट्ने ठाउँमा गइन्। रूथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्।

7 When Boaz had eaten and drunk, and his heart was merry, he went to lie down at the end of the heap of grain: and she came softly, and uncovered his feet, and laid her down.खाई-पिई सकेपछि बोअज निक्कै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब रूथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्।

8 It happened at midnight, that the man was afraid, and turned himself; and, behold, a woman lay at his feet.आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्।

9 He said, Who are you? She answered, I am Ruth your handmaid: spread therefore your skirt over your handmaid; for you are a near kinsman.बोअजले भने, “तिमी को हौ?”तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”

10 He said, Blessed are you by Yahweh, my daughter: you have shown more kindness in the latter end than at the beginning, inasmuch as you didn't follow young men, whether poor or rich.तब बोअजले भने, “परमप्रभुले तिमीलाई आर्शीर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खूबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान छ। तिमीले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौ। तर तिमीले खोजिनौं।

11 Now, my daughter, don't be afraid; I will do to you all that you say; for all the city of my people does know that you are a worthy woman.अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ।

12 Now it is true that I am a near kinsman; however there is a kinsman nearer than I.अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो।

13 Stay this night, and it shall be in the morning, that if he will perform to you the part of a kinsman, well; let him do the kinsman's part: but if he will not do the part of a kinsman to you, then will I do the part of a kinsman to you, as Yahweh lives: lie down until the morning.आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान न भएसम्म यहीं ढल्क।”

14 She lay at his feet until the morning. She rose up before one could discern another. For he said, Let it not be known that the woman came to the threshing floor.यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्।बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।”

15 He said, Bring the mantle that is on you, and hold it; and she held it; and he measured six [measures] of barley, and laid it on her: and he went into the city.तब बोअजले भने, “तिम्रो ओढने मकहाँ ल्याऊ। अब त्यसलाई खोलेर समात।”यसर्थ रूथले आफ्नो ओढने खोलेर समातिन् अनि बोअजले छः पाथीजस्तो जौं नापेर, नाओमी, तिनकी सासूका निम्ति भेंट स्वरूप पठाए। तब बोअजले त्यसलाई रूथको ओढनेमा कुम्लोपारे अनि उसको पिठ्यूँमा राखि दिए। त्यसपछि तिनी शहरतिर गए।

16 When she came to her mother-in-law, she said, Who are you, my daughter? She told her all that the man had done to her.रूथ आफ्नी सासू नाओमीको घर गइन्। नाओमी ढोकासम्म आइन् अनि सोधिन्, “त्यहाँ को छ?”उनी भित्र गइन् र बोअजले उनको लागि गरेका सबै कुरा उनलाई भनिन्।

17 She said, These six [measures] of barley gave he me; for he said, "Don't go empty to your mother-in-law."तिनले भनिन्, “बोअजले तपाईंलाई भेंट स्वरूप यो जौं पठाइदिए। तपाईंको निम्ति कोसेली नलिई मैले घर जानु हुँदैन भनी बोअजले भने।”

18 Then said she, "Sit still, my daughter, until you know how the matter will fall; for the man will not rest, until he has finished the thing this day."नाओमीले भनिन्, “छोरी, के हुन्छ हामीले त्यो नसुनेसम्म धैर्य धारण गर। बोअजले त्यसबेलासम्म विश्राम लिनेछैनन् जबसम्म तिनले गर्नु पर्ने कुरा पूर्ण गर्दैनन्। दिनको अन्त हुन को अघिबाट नै हामीले जान्ने छौं के हुनेछ।”

Nepali Bible