Bible

Romans 2 - BBE (Nepali)

1 So you have no reason, whoever you are, for judging: for in judging another you are judging yourself, for you do the same things.यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैले आफूलाई जाँच गरिरहेका हुनेछौ।

2 And we are conscious that God is a true judge against those who do such things.ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ।

3 But you who are judging another for doing what you do yourself, are you hoping that God's decision will not take effect against you?तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफै पनि त्यस्तै नराम्रो काम गरिरहेका हुनछौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ।

4 Or is it nothing to you that God had pity on you, waiting and putting up with you for so long, not seeing that in his pity God's desire is to give you a change of heart?के तिमी परमेश्वरका दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?

5 But by your hard and unchanged heart you are storing up wrath for yourself in the day of the revelation of God's judging in righteousness;तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफै प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ।

6 Who will give to every man his right reward:परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ।

7 To those who go on with good works in the hope of glory and honour and salvation from death, he will give eternal life:कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैं असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ।

8 But to those who, from a love of competition, are not guided by what is true, will come the heat of his wrath,तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ।

9 Trouble and sorrow on all whose works are evil, to the Jew first and then to the Greek;जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि।

10 But glory and honour and peace to all whose works are good, to the Jew first and then to the Greek:तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई।

11 For one man is not different from another before God.परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ।

12 All those who have done wrong without the law will get destruction without the law: and those who have done wrong under the law will have their punishment by the law;जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ।

13 For it is not the hearers of the law who will be judged as having righteousness before God, but only the doers:व्यवस्था सुनेर मात्र मानिसहरू परमेश्वरको अघि धार्मिक ठहरिदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्।

14 For when the Gentiles without the law have a natural desire to do the things in the law, they are a law to themselves;गैर-यहूदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुरूपका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था भएकै बराबर हो।

15 Because the work of the law is seen in their hearts, their sense of right and wrong giving witness to it, while their minds are at one time judging them and at another giving them approval;किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्।

16 In the day when God will be a judge of the secrets of men, as it says in the good news of which I am a preacher, through Jesus Christ.यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।

17 But as for you who have the name of Jew, and are resting on the law, and take pride in God,तिमी को हौ? तिमी आफैले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ।

18 And have knowledge of his desires, and are a judge of the things which are different, having the learning of the law,तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ।

19 In the belief that you are a guide to the blind, a light to those in the dark,तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ।

20 A teacher of the foolish, having in the law the form of knowledge and of what is true;तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौ र सबै सत्य तिमीहरूसँगै छ।

21 You who give teaching to others, do you give it to yourself? you who say that a man may not take what is not his, do you take what is not yours?तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैचाहिँ चोर्दैछौं?

22 You who say that a man may not be untrue to his wife, are you true to yours? you who are a hater of images, do you do wrong to the house of God?तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफै चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ?

23 You who take pride in the law, are you doing wrong to the honour of God by behaviour which is against the law?परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भगं गरेर उहाँलाई अनादर गर्छौ।

24 For the name of God is shamed among the Gentiles because of you, as it is said in the holy Writings.धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।”

25 It is true that circumcision is of use if you keep the law, but if you go against the law it is as if you had it not.यदि तिमीहरूले व्यवस्था अनुसरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ।

26 If those who have not circumcision keep the rules of the law, will it not be credited to them as circumcision?गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्।

27 And they, by their keeping of the law without circumcision, will be judges of you, by whom the law is broken though you have the letter of the law and circumcision.तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।

28 The true Jew is not one who is only so publicly, and circumcision is not that which may be seen in the flesh:यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने उ साँचो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन।

29 But he is a Jew who is a secret one, whose circumcision is of the heart, in the spirit and not in the letter; whose praise is not from men, but from God.एक मानिस मनको भित्री तहबाट मात्र साँचो यहूदी हुँदछ। साँचो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।

Nepali Bible