Bible

Romans 13 - KJV (Nepali)

1 Let every soul be subject unto the higher powers. For there is no power but of God: the powers that be are ordained of God.तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्।

2 Whosoever therefore resisteth the power, resisteth the ordinance of God: and they that resist shall receive to themselves damnation.यसैले जो शासकहरूको विरोधमा जान्छ उ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ उ दण्डित हुनेछ।

3 For rulers are not a terror to good works, but to the evil. Wilt thou then not be afraid of the power? do that which is good, and thou shalt have praise of the same:ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।

4 For he is the minister of God to thee for good. But if thou do that which is evil, be afraid; for he beareth not the sword in vain: for he is the minister of God, a revenger to execute wrath upon him that doeth evil.शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने उ परमेश्वरको सेवक हो।

5 Wherefore ye must needs be subject, not only for wrath, but also for conscience sake.तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।

6 For for this cause pay ye tribute also: for they are God's ministers, attending continually upon this very thing.अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्।

7 Render therefore to all their dues: tribute to whom tribute is due; custom to whom custom; fear to whom fear; honour to whom honour.तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।

8 Owe no man any thing, but to love one another: for he that loveth another hath fulfilled the law.तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैं एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ।

9 For this, Thou shalt not commit adultery, Thou shalt not kill, Thou shalt not steal, Thou shalt not bear false witness, Thou shalt not covet; and if there be any other commandment, it is briefly comprehended in this saying, namely, Thou shalt love thy neighbour as thyself.म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।”यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”

10 Love worketh no ill to his neighbour: therefore love is the fulfilling of the law.प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।

11 And that, knowing the time, that now it is high time to awake out of sleep: for now is our salvation nearer than when we believed.मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ।

12 The night is far spent, the day is at hand: let us therefore cast off the works of darkness, and let us put on the armour of light.“रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ।

13 Let us walk honestly, as in the day; not in rioting and drunkenness, not in chambering and wantonness, not in strife and envying.दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र र्खचिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरु गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगडा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन।

14 But put ye on the Lord Jesus Christ, and make not provision for the flesh, to fulfil the lusts thereof.त्यसको सट्टामा आफूले प्रभु येसू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।

Nepali Bible