Bible

Romans 11 - YLT (Nepali)

1 I say, then, Did God cast away His people? let it not be! for I also am an Israelite, of the seed of Abraham, of the tribe of Benjamin:तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।

2 God did not cast away His people whom He knew before; have ye not known -- in Elijah -- what the Writing saith? how he doth plead with God concerning Israel, saying,तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए,

3 `Lord, Thy prophets they did kill, and Thy altars they dug down, and I was left alone, and they seek my life;'“परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”

4 but what saith the divine answer to him? `I left to Myself seven thousand men, who did not bow a knee to Baal.'तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”

5 So then also in the present time a remnant according to the choice of grace there hath been;यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।

6 and if by grace, no more of works, otherwise the grace becometh no more grace; and if of works, it is no more grace, otherwise the work is no more work.अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

7 What then? What Israel doth seek after, this it did not obtain, and the chosen did obtain, and the rest were hardened,यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्।

8 according as it hath been written, `God gave to them a spirit of deep sleep, eyes not to see, and ears not to hear,' -- unto this very day,जस्तो धर्मशास्त्रमा लेखिएको छः“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”

9 and David saith, `Let their table become for a snare, and for a trap, and for a stumbling-block, and for a recompense to them;अनि दाउद भन्छन्“तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्। तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।

10 let their eyes be darkened -- not to behold, and their back do Thou always bow down.'तिनीहरूका आखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्। अनि ती सदा कष्टमा परिरहुन्।”

11 I say, then, Did they stumble that they might fall? let it not be! but by their fall the salvation `is' to the nations, to arouse them to jealousy;त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्‌यो र यहूदीहरूलाई इर्ष्यालु बनायो।

12 and if the fall of them `is' the riches of a world, and the diminution of them the riches of nations, how much more the fulness of them?यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!

13 For to you I speak -- to the nations -- inasmuch as I am indeed an apostle of nations, my ministration I do glorify;अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु।

14 if by any means I shall arouse to jealousy mine own flesh, and shall save some of them,म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु।

15 for if the casting away of them `is' a reconciliation of the world, what the reception -- if not life out of the dead?परमेश्वर यहूदीहरूसंग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।

16 and if the first-fruit `is' holy, the lump also; and if the root `is' holy, the branches also.यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।

17 And if certain of the branches were broken off, and thou, being a wild olive tree, wast graffed in among them, and a fellow-partaker of the root and of the fatness of the olive tree didst become --भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जंङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ।

18 do not boast against the branches; and if thou dost boast, thou dost not bear the root, but the root thee!यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन? तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं। त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ।

19 Thou wilt say, then, `The branches were broken off, that I might be graffed in;' right!तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकूँ।”

20 by unbelief they were broken off, and thou hast stood by faith; be not high-minded, but be fearing;त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।

21 for if God the natural branches did not spare -- lest perhaps He also shall not spare thee.परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।

22 Lo, then, goodness and severity of God -- upon those indeed who fell, severity; and upon thee, goodness, if thou mayest remain in the goodness, otherwise, thou also shalt be cut off.यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ।

23 And those also, if they may not remain in unbelief, shall be graffed in, for God is able again to graff them in;अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए

24 for if thou, out of the olive tree, wild by nature, wast cut out, and, contrary to nature, wast graffed into a good olive tree, how much rather shall they, who `are' according to nature, be graffed into their own olive tree?एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जगंली भद्राक्ष रूखका हाँगाहरू जस्ता हून्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।

25 For I do not wish you to be ignorant, brethren, of this secret -- that ye may not be wise in your own conceits -- that hardness in part to Israel hath happened till the fulness of the nations may come in;दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अयहूदीहरू परमेश्वरकहाँ आउँदछन्।

26 and so all Israel shall be saved, according as it hath been written, `There shall come forth out of Sion he who is delivering, and he shall turn away impiety from Jacob,अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः“उद्धारक सियोनबाट आउनु हुनेछ, उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ

27 and this to them `is' the covenant from Me, when I may take away their sins.'अनि म तिनीहरूसँग यो वाचा गर्नेछु, जब तिनीहरूका पापहरू म हरण गर्नेछु।”

28 As regards, indeed, the good tidings, `they are' enemies on your account; and as regards the choice -- beloved on account of the fathers;यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो।

29 for unrepented of `are' the gifts and the calling of God;परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन।

30 for as ye also once did not believe in God, and now did find kindness by the unbelief of these:एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्।

31 so also these now did not believe, that in your kindness they also may find kindness;अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो।

32 for God did shut up together the whole to unbelief, that to the whole He might do kindness.सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

33 O depth of riches, and wisdom and knowledge of God! how unsearchable His judgments, and untraceable His ways!हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन।

34 for who did know the mind of the Lord? or who did become His counsellor?जस्तो धर्मशास्त्रमा लेखिएको छः“परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनेछ?”

35 or who did first give to Him, and it shall be given back to him again?“कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? जसमा कि बदलीमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”

36 because of Him, and through Him, and to Him `are' the all things; to Him `is' the glory -- to the ages. Amen.हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।

Nepali Bible