Psalm 91 - WBT (Nepali)
1 He that dwelleth in the secret place of the Most High shall abide under the shadow of the Almighty.तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ। अवश्य नै तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
2 I will say of the LORD, He is my refuge and my fortress: my God; in him will I trust.म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
3 Surely he shall deliver thee from the snare of the fowler, and from the noisome pestilence.परमेश्वरले तिमीलाई लुप्त विपदहरू र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।
4 He shall cover thee with his feathers, and under his wings shalt thou trust: his truth shall be thy shield and buckler.तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिंजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
5 Thou shalt not be afraid for the terror by night; nor for the arrow that flieth by day;तिमीहरू राती व्यर्थमा डराउने कामै छैन अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।
6 Nor for the pestilence that walketh in darkness; nor for the destruction that wasteth at noon-day.तिमी राती चल्ने रूढीदेखि र दिउँसो क्षय गर्ने नाशदेखि डराउने छैनौ।
7 A thousand shall fall at thy side, and ten thousand at thy right hand; but it shall not come nigh thee.तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ। तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ। ती शत्रुहरूले तपाईंलाई छुँदैन पनि।
8 Only with thy eyes shalt thou behold and see the reward of the wicked.हेर मात्र, अनि तिमीले देख्ने छौ ती दुष्ट मानिसहरू दण्डित भएको।
9 Because thou hast made the LORD who is my refuge, even the Most High, thy habitation;किन? किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ। तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10 There shall no evil befall thee, neither shall any plague come nigh thy dwelling.तिमीलाई केही नराम्रो हुनेछैन। त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11 For he shall give his angels charge over thee, to keep thee in all thy ways.परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जादा पनि रक्षा गर्नेछन्।
12 They shall bear thee up in their hands, lest thou dash thy foot against a stone.तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्, त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13 Thou shalt tread upon the lion and adder: the young lion and the dragon shalt thou trample under feet.तिमीहरूले सिंहहरूमाथि र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14 Because he hath set his love upon me, therefore will I deliver him: I will set him on high, because he hath known my name.परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15 He shall call upon me, and I will answer him: I will be with him in trouble; I will deliver him, and honor him.मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16 With long life will I satisfy him, and show him my salvation.अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु अनि तिनीहरूलाई बचाउनेछु।”
Nepali Bible