Psalm 85:9 परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ। हामीहरू चाडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
Psalm 85:9 in Other Translations
King James Version (KJV) Surely his salvation is nigh them that fear him; that glory may dwell in our land.
American Standard Version (ASV) Surely his salvation is nigh them that fear him, That glory may dwell in our land.
Bible in Basic English (BBE) Truly, his salvation is near to his worshippers; so that glory may be in our land.
Darby English Bible (DBY) Surely his salvation is nigh them that fear him, that glory may dwell in our land.
Webster's Bible (WBT) I will hear what God the LORD will speak: for he will speak peace to his people, and to his saints: but let them not turn again to folly.
World English Bible (WEB) Surely his salvation is near those who fear him, That glory may dwell in our land.
Young's Literal Translation (YLT) Only, near to those fearing Him `is' His salvation, That honour may dwell in our land.
Read Full Chapter :
Psalm 85
Cross Reference
Zechariah 2:5
परमप्रभु भन्नुहुन्छ, ‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु, म तिमीहरुको महिमा हुनेछु।”‘
Isaiah 46:13
म धार्मिक कामहरू गर्नेछु। चाँडो गरि म मेरो मानिसहरू बचाउँनेछु। म सियोनलाई उद्धार गर्नेछु। मेरो आश्चर्यपूर्ण इस्राएलका निम्ति ल्याउनेछु।”
John 1:14
वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
Psalm 119:155
दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्।
Isaiah 4:5
तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसंगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्।
Ezekiel 26:20
म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मरेका मानिसहरूछन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानमा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ!
Haggai 2:7
म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
Zechariah 2:8
सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
Luke 2:32
तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
John 7:17
यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाटै आँउछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ।
Acts 10:2
कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँचो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे।
Acts 11:13
कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर।
Mark 12:32
शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यु, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्।
Psalm 24:4
मानिसहरू जसले पाप कर्महरू गरेका छैनन् मानिसहरू जसका शुद्ध हृदयहरू छन्। मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्। अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
Psalm 50:23
यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ, तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”
Acts 13:16
पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यु-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँचो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ!