Bible

Psalm 83 - ASV (Nepali)

1 O God, keep not thou silence: Hold not thy peace, and be not still, O God.हे परमेश्वर, चुपचाप नबस्नुहोस्! तपाईंको कानहरू नथुन्नु होस, कृपया केही त भन्नु होस, परमेश्वर।

2 For, lo, thine enemies make a tumult; And they that hate thee have lifted up the head.परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन् अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।

3 Thy take crafty counsel against thy people, And consult together against thy hidden ones.तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरूद्ध गुप्त योजनाहरू बनाउँदैछन्। तपाईंका शत्रुहरूले ती तपाईंकै प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।

4 They have said, Come, and let us cut them off from being a nation; That the name of Israel may be no more in remembrance.ती शत्रुहरू भन्दैनन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वंश गरीदिनु होस्। तब कसैले पनि ‘इस्राएल को’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”

5 For they have consulted together with one consent; Against thee do they make a covenant:परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन् तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई जुन तपाईंले हामीसँग गर्नु भएको थियो।

6 The tents of Edom and the Ishmaelites; Moab, and the Hagarenes;ती शत्रुहरू हामीसँग लडनलाई एकजुट भएका छन् प्रदोम, इश्माएली मानिसहरू,

7 Gebal, and Ammon, and Amalek; Philistia with the inhabitants of Tyre:मोआब अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू, एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह। ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।

8 Assyria also is joined with them; They have helped the children of Lot. Selahअसिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे। तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।

9 Do thou unto them as unto Midian, As to Sisera, as to Jabin, at the river Kishon;परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्, सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।

10 Who perished at Endor, Who became as dung for the earth.तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो। अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।

11 Make their nobles like Oreb and Zeeb; Yea, all their princes like Zebah and Zalmunna;परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्। ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्। जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।

12 Who said, Let us take to ourselves in possession The habitations of God.हे परमेश्वर, ती मानिसहरूले हामीलाई तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।

13 O my God, make them like the whirling dust; As stubble before the wind.तिनीहरूलाई हावाले उडाएर लैजान। मरीजूना उद्भिद् जस्तै बनाई दिनुहोस हावाले पराललाई छिन्नभिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।

14 As the fire that burneth the forest, And as the flame that setteth the mountains on fire,जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्। डढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।

15 So pursue them with thy tempest, And terrify them with thy storm.हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्। हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।

16 Fill their faces with confusion, That they may seek thy name, O Jehovah.परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने बोध होस्। त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।

17 Let them be put to shame and dismayed for ever; Yea, let them be confounded and perish;हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्। तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंश पार्नु होस्।

18 That they may know that thou alone, whose name is Jehovah, Art the Most High over all the earth. Psalm 84 For the Chief Musician; set to the Gittith. A Psalm of the sons of Korah.तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्। तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन् तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्। सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।

Nepali Bible