Psalm 75:7 परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ। अनि उहाँले नै को महत्वपूर्ण हुनेछ भन्ने कुराको निर्णय गर्नुहुन्छ। परमेश्वरले एक व्यक्तिलाई उठाएर उसलाई महत्वपूर्ण बनाउनु हुन्छ, उहाँले नै कसैलाई तल झारेर उसलाई महत्वहीन पार्नुहुन्छ।
Psalm 75:7 in Other Translations
King James Version (KJV) But God is the judge: he putteth down one, and setteth up another.
American Standard Version (ASV) But God is the judge: He putteth down one, and lifteth up another.
Bible in Basic English (BBE) But God is the judge, putting down one, and lifting up another.
Darby English Bible (DBY) For God is the judge; he putteth down one and exalteth another.
Webster's Bible (WBT) For promotion cometh neither from the east, nor from the west, nor from the south.
World English Bible (WEB) But God is the judge. He puts down one, and lifts up another.
Young's Literal Translation (YLT) But God `is' judge, This He maketh low -- and this He lifteth up.
Read Full Chapter :
Psalm 75
Cross Reference
भजनसंग्रह 50:6
परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।
दानियल 2:21
उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन् उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।
1 शमूएल 15:23
आज्ञा पालन नगर्नु चाहि तन्त्रमन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहि मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”
1 शमूएल 15:28
शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।
1 शमूएल 16:1
परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
2 शमूएल 3:17
अबनेरले इस्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ।
2 शमूएल 5:2
जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा दोह्रोयाउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाइलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।”‘
2 शमूएल 6:21
तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु।
भजनसंग्रह 58:11
तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो!
भजनसंग्रह 147:6
परमप्रभु विनम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
यर्मिया 27:4
तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि
दानियल 2:37
हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।
दानियल 5:18
सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो।
लूका 1:52
उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
यूहन्ना 15:16
तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ।
गलाती 1:15
तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।
भजनसंग्रह 113:7
परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
1 शमूएल 2:7
परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
रोमी 11:15
परमेश्वर यहूदीहरूसंग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।