Bible

Psalm 61 - BBE (Nepali)

1 <To the chief music-maker. On a corded instrument. Of David.> Let my cry come to you, O God; let your ears be open to my prayer.हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्। मेरो प्रार्थना सुनी दिनुहोस्।

2 From the end of the earth will I send up my cry to you, when my heart is overcome: take me to the rock which is over-high for me.म जहाँ भए तापनि, जस्तो कमजोर भए तापनि, तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु! मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।

3 For you have been my secret place, and my high tower from those who made war on me.तपाईं मेरो शरणस्थान हुनुहुन्छ। तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।

4 I will make your tent my resting-place for ever: I will keep myself under the cover of your wings. (Selah.)म तपाईंको पालमा सदा सर्वदा रहन चाहन्छु। म तपाईंको शरणमा लुक्न चाहन्छु।

5 For you, O God, have made answer to my prayers; you have given me the heritage of those who give honour to your name.हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ, तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।

6 You will give the king long life; and make his years go on through the generations.राजालाई दीर्घायु दिनुहोस्। ऊ अनन्त सम्म बाँचोस्!

7 May the seat of his authority be before God for ever; may mercy and righteousness keep him safe.उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्। तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।

8 So will I make songs in praise of your name for ever, giving to God that which is right day by day.अनि म तपाईंको नाउँको गुणगान सधैंभरी गर्नेछु। प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।

Nepali Bible