Bible

Psalm 56 - BBE (Nepali)

1 <To the chief music-maker; put to Jonath elem rehokim. Of David. Michtam. When the Philistines took him in Gath.> Have mercy on me, O God, for man is attempting my destruction; every day he makes cruel attacks against me.हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे, यसैले मप्रति तपाईंको कृपादान रहोस्। तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।

2 My haters are ever ready to put an end to me; great numbers are lifting themselves up against me.मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे। त्यहाँ अनगन्ति लडाकुहरू छन्।

3 In the time of my fear, I will have faith in you.जब म भयग्रस्त हुन्छु, तब तपाईंमाथि भरोसा राख्दछु।

4 In God will I give praise to his word; in God have I put my hope; I will have no fear of what flesh may do to me.म परमेश्वरमा भरोसा गर्छु, यसैले म भयभित हुन्न यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन। उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।

5 Every day they make wrong use of my words; all their thoughts are against me for evil.मेरा शत्रुहरूले सधैं मेरा कुराहरूको उल्टो अर्थ लाउछन्। तिनीहरूले सधैं मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।

6 They come together, they are waiting in secret places, they take note of my steps, they are waiting for my soul.तिनीहरू सधैं लुक्छन् अनि जसरी पनि मलाई मार्ने मौका, हेर्दै, मेरो प्रत्येक चहल-पहल हेर्दछन्!

7 By evil-doing they will not get free from punishment. In wrath, O God, let the peoples be made low.हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्। किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्। तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तडपाउनु टाढा पठाइदिनुहोस्।

8 You have seen my wanderings; put the drops from my eyes into your bottle; are they not in your record?तपाईं जान्नुहुन्छ म कति डराएको छु। तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें। निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।

9 When I send up my cry to you, my haters will be turned back; I am certain of this, for God is with me.यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्। जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!

10 In God will I give praise to his word; in the Lord will I give praise to his word.म परमेश्वरको वचनलाई प्रशंसा गर्छु। म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।

11 In God have I put my hope, I will have no fear of what man may do to me.म परमेश्वरमा भरोसा गर्छु, यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।

12 I keep the memory of my debt to you, O God; I will give you the offerings of praise.हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु। अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु। म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।

13 Because you have taken my soul from the power of death; and kept my feet from falling, so that I may be walking before God in the light of life.किन? किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो। तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो। यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु, त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्नसक्छन्।

Nepali Bible