Psalm 48:1 परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।
Psalm 48:1 in Other Translations
King James Version (KJV) Great is the LORD, and greatly to be praised in the city of our God, in the mountain of his holiness.
American Standard Version (ASV) Great is Jehovah, and greatly to be praised, In the city of our God, in his holy mountain.
Bible in Basic English (BBE) <A Song. A Psalm. Of the sons of Korah.> Great is the Lord and greatly to be praised, in the town of our God, in his holy mountain.
Darby English Bible (DBY) {A Song; a Psalm. Of the sons of Korah.} Great is Jehovah, and greatly to be praised in the city of our God, in the hill of his holiness.
World English Bible (WEB) > Great is Yahweh, and greatly to be praised, In the city of our God, in his holy mountain.
Young's Literal Translation (YLT) A Song, a Psalm, by sons of Korah. Great `is' Jehovah, and praised greatly, In the city of our God -- His holy hill.
Read Full Chapter :
Psalm 48
Cross Reference
मीका 4:1
अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।
भजनसंग्रह 46:4
त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
जकरिया 8:3
परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”
भजनसंग्रह 145:3
परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन् उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
यशैया 2:2
अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।
भजनसंग्रह 96:4
परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ अन्य सबै “देवताहरू”को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
भजनसंग्रह 47:8
परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
भजनसंग्रह 65:1
सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु। मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
भजनसंग्रह 78:68
अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
भजनसंग्रह 86:10
हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
भजनसंग्रह 87:1
परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
भजनसंग्रह 87:3
परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
भजनसंग्रह 89:1
म परमप्रभुको महान् कृपाको प्रशंसा सधैँको निम्ति गाउनेछु, सबै पुस्तासम्म म तपाईंको विश्वस्तता मेरै मुखले जनाउनेछु।
भजनसंग्रह 99:3
सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्। परमेश्वरको नाउँ विस्मयकारक छ। परमेश्वर पवित्र हुनुहुन्छ।
भजनसंग्रह 99:9
हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर। हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ। उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।
यशैया 27:13
मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।
यर्मिया 31:23
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’
ओबदिया 1:17
तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्। र सियोन पवित्र हुनेछ। याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ जुन त्यसको थियो।
हिब्रू 12:22
तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
प्रकाश 15:3
तिनीहरुले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए।“परमप्रभु-परमेश्वर, सर्वशक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरुका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।
प्रकाश 19:5
त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो“तिमी सबै मानिसहरु जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर। तिमीहरु सबै साना ठूला मानिसहरु जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर।”
प्रकाश 21:2
अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
प्रकाश 21:10
ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।
भजनसंग्रह 147:5
हाम्रो स्वामी महान् हुनुहुन्छ। उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ। उहाँको ज्ञान अपार छ।
2 इतिहास 20:1
पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए।
नहेम्याह 9:5
तब लेवी येशूअ, कद्मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने, “उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।” किनभने उहाँ शरू देखि अन्त सम्म हुनुहुन्छ। तपाईंको महिमित नाउँको स्तुति होस। यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।
भजनसंग्रह 2:6
अनि यसो गर्दा, ती अन्य अगुवाहरू डराउँछन्।
भजनसंग्रह 30:1
हे परमप्रभु, तपाईंले मलाई मेरो संकटहरूबाट माथि उठाउनु भयो। तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन। यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
भजनसंग्रह 46:1
परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।
मत्ती 24:15
“दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूलेविध्वंश ल्याउने छ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएर देख्नेछौ।” यी कुरा पढने मानिसले यसको अर्थ बुझ्नुपर्छ।