Bible

Psalm 4 - YLT (Nepali)

1 To the Overseer with Stringed Instruments. -- A Psalm of David. In my calling answer Thou me, O God of my righteousness. In adversity Thou gavest enlargement to me; Favour me, and hear my prayer.हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!

2 Sons of men! till when `is' my glory for shame? Ye love a vain thing, ye seek a lie. Selah.हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।

3 And know ye that Jehovah Hath separated a saintly one to Himself. Jehovah heareth in my calling to Him.तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।

4 `Tremble ye, and do not sin;' Say ye `thus' in your heart on your bed, And be ye silent. Selah.यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।

5 Sacrifice ye sacrifices of righteousness, And trust ye unto Jehovah.परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ, र उहाँमा भरोसा राख।

6 Many are saying, `Who doth show us good?' Lift on us the light of Thy face, O Jehovah,धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”

7 Thou hast given joy in my heart, From the time their corn and their wine Have been multiplied.हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसंग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।

8 In peace together I lie down and sleep, For Thou, O Jehovah, alone, In confidence dost cause me to dwell!म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किन? किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।

Nepali Bible