Psalm 34 - BBE (Nepali)
1 <Of David. When he made a change in his behaviour before Abimelech, who sent him away, and he went.> I will be blessing the Lord at all times; his praise will be ever in my mouth.हर समय म परमप्रभुलाई धन्यको भन्छु। उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
2 My soul will say great things of the Lord: the poor in spirit will have knowledge of it and be glad.नम्र मानिसहरू! सुन र खुशी बन। मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
3 O give praise to the Lord with me; let us be witnesses together of his great name.परमप्रभुको स्तुति मसँग गर र हामी मिलेर उहाँको नाउँको सम्मान गरौं।
4 I was searching for the Lord, and he gave ear to my voice, and made me free from all my fears.म परमेश्वरको संगत पाउनलाई उहाँकहाँ गएँ। अनि उहाँले मलाई उत्तर दिनुभयो। मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
5 Let your eyes be turned to him and you will have light, and your faces will not be shamed.उहाँको पाउन परमप्रभुलाई हेर, लज्जित नहोऊ उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
6 This poor man's cry came before the Lord, and he gave him salvation from all his troubles.यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
7 The angel of the Lord is ever watching over those who have fear of him, to keep them safe.परमप्रभुको र्स्वगदूतले जुन मानिसहरूले परमप्रभुको अनुशरण गरे, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्। स्वर्गदूतहरूले तिनीहरूको रक्षा गरे।
8 By experience you will see that the Lord is good; happy is the man who has faith in him.परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ। जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
9 Keep yourselves in the fear of the Lord, all you his saints; for those who do so will have no need of anything.परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर। उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 The young lions are in need and have no food; but those who are looking to the Lord will have every good thing.बलवान मानिसहरू कमजोर र भोका हुनेछन्। तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
11 Come, children, give attention to me; I will be your teacher in the fear of the Lord.केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 What man has a love of life, and a desire that his days may be increased so that he may see good?यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 Keep your tongue from evil, and your lips from words of deceit.तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 Be turned from evil, and do good; make a search for peace, desiring it with all your heart.नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
15 The eyes of the Lord are on the upright, and his ears are open to their cry.परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 The face of the Lord is against those who do evil, to take away the memory of them from the earth.तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्। उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!
17 The cry of the upright comes before the Lord, and he takes them out of all their troubles.परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 The Lord is near the broken-hearted; he is the saviour of those whose spirits are crushed down.जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 Great are the troubles of the upright: but the Lord takes him safely out of them all.धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्, तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 He keeps all his bones: not one of them is broken.परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ। एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 Evil will put an end to the sinner, and those who are haters of righteousness will come to destruction.तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्। असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 The Lord will be the saviour of the souls of his servants, and no one who has faith in him will be put to shame.जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ। उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।
Nepali Bible