Bible

Psalm 33 - DBY (Nepali)

1 Exult, ye righteous, in Jehovah: praise is comely for the upright.हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ! उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।

2 Give thanks unto Jehovah with the harp; sing psalms unto him with the ten-stringed lute.वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।

3 Sing unto him a new song; play skilfully with a loud sound.उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ!

4 For the word of Jehovah is right, and all his work is in faithfulness.परमेश्वरको वचन सत्य छ। उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।

5 He loveth righteousness and judgment: the earth is full of the loving-kindness of Jehovah.परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँचो प्रेमले पृथ्वी भरिन्छ।

6 By the word of Jehovah were the heavens made, and all the host of them by the breath of his mouth.परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।

7 He gathereth the waters of the sea together as a heap; he layeth up the deeps in storehouses.परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो। उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।

8 Let all the earth fear Jehovah; let all the inhabitants of the world stand in awe of him.यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ। संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।

9 For *he* spoke, and it was [done]; *he* commanded, and it stood fast.किन? किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन। अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।

10 Jehovah frustrateth the counsel of the nations; he maketh the thoughts of the peoples of none effect.यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ। उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।

11 The counsel of Jehovah standeth for ever, the thoughts of his heart from generation to generation.तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ। उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।

12 Blessed is the nation whose God is Jehovah, the people that he hath chosen for his inheritance!परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।

13 Jehovah looketh from the heavens; he beholdeth all the sons of men:परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।

14 From the place of his habitation he looketh forth upon all the inhabitants of the earth;उहाँले उच्च-आसनबाट तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।

15 He who fashioneth the hearts of them all, who considereth all their works.परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो। परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।

16 The king is not saved by the multitude of [his] forces; a mighty man is not delivered by much strength.कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।

17 The horse is a vain thing for safety; neither doth he deliver by his great power.घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्। तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।

18 Behold, the eye of Jehovah is upon them that fear him, upon them that hope in his loving-kindness,परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्। जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।

19 To deliver their soul from death, and to keep them alive in famine.परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ। जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।

20 Our soul waiteth for Jehovah: he is our help and our shield.यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं। उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।

21 For in him shall our heart rejoice, because we have confided in his holy name.परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ, हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।

22 Let thy loving-kindness, O Jehovah, be upon us, according as we have hoped in thee.हे परमप्रभु, हामी साँचो मनले तपाईंलाई पूज्दछौं! यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।

Nepali Bible